जेठ २८, दोलखा | दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । 

उह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८, दोलखा | दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । 

उह"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगरबससम्म

२८ जेष्ठ २०७४, आईतवार १२:१२


जेठ २८, दोलखा | दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । 

उहाँले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि बताउनुभयो । 

जिरीको पर्यटन विकासका लागि अव जिरी नगरपालिकाको विभिन्न तीन ठाउँमा बौद्ध धर्मावलम्बीको कुसुम अर्थात तीन वटा भगवानको मूर्ति निर्माण गरेपछि वडा नं– ३ पटासेमा १२० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गरिने र त्यहाँ पुग्नका लागि जिरी बजारबाट केबुलकार सञ्चालनमा ल्याउने योजना नगरपालिकाकाको रहेको प्रमुख जिरेलले बताउनुभयो । 

पर्यटन विकासका लागि एक सय २० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गर्ने चर्चा चलेको वर्षौँ वितिसकेको छ तर अहिलेसम्म त्यहाँको माटो परीक्षणसमेत हुनसकेको छैन । मनसुनको अन्त्य भएसँगै विशेषज्ञ प्राविधिकबाट त्यहाँको माटो परीक्षण गराउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

शाक्यमुनी बुद्धको मूर्ति जिरी नगरपालिका– ६ बुलडाँडामा निर्माण सम्पन्न भइसकेको छ भने कुसुममध्येको अर्को चेनरेजिक अर्थात लोकी शोरया भगवानको मूर्ति खावाडाँडामा निर्माण गर्ने लक्ष्य रहेको प्रमुख जिरेलले बताउनुभयो । 

यसरी तीन वटा अग्लो डाँडामा यी काम सम्पन्न गर्न सकिए साँच्चिकै पर्यटन विकासले ठूलो फड्को मार्न सकिन्छ, उहाँले भन्नुभयोे– “यसपछि जिरीको ध्यान विश्व समुदायमा केन्द्रीत हुने र संसारभरका बुद्धमार्गी जिरी आउने विश्वास छ ।”

जिरीमा लामो समयदेखि नियमित यात्रुबाहक बस सञ्चालनमा छन् । तर जिरी बजारबाहेक गाउँ÷गाउँमा भरपर्दो र पक्की सडक नहुँदा हिउँदमा धुलम्य र वर्षामा हिलम्य हुनेगरेको छ । जसका कारण सडक भएर पनि नगरवासी पैदाल हिँड्न बाध्य छन् । 

तर अव नगरपालिकाको विभिन्न ठाउँबाट नगर बस सञ्चालमा ल्याएर नगरवासीको दुःख र पीडालाई सम्बोधन गर्ने दावी प्रमुख जिरेलको छ । नगर बस सञ्चालनमा ल्याउन सकियो भने नगरवासीको लागि मात्रै नभई सिङ्गो नगरको पर्यटन विकासमा टेवा पुग्छ, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै