जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबि"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण कतारबाट नेपाली कामदारलाई पैसा पठाउन समस्या

२९ जेष्ठ २०७४, सोमबार १०:०७


जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेपछि आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अन्तरास्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

यसको असर कतारमा रहेका नेपाली कामदारहरुले पनि भोग्नु परेको छ । डलर अभाव भएपछि नेपालीलाई घरमा पैसा पठाउन समस्या पर्ने देखिएको छ । कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । उनीहरुले नेपालमा दैनिक झण्डै एक करोड ३५ लाख रुपैयाँ पठाउने गरेको राष्ट्र बैंकको तथ्याँक छ ।

सात देशले कतारसँग सम्बन्ध तोडेको एकहप्ता बित्दा कतारमा सञ्चित डलर सकिएपछि यसको प्रभाव सुरु भएको हो । सम्बन्ध तोडेपछि लगाएको सामुन्द्रीक र हवाई नाकाबन्दीका कारण कतारकासँगको आर्थिक कारोवार पनि बन्द भएसँगै मुद्रा सटही केन्द्रहरुमा डलरको अभाव भएको हो ।

युएईले यसअघि नै कतारसँग करोबार गर्नेलाई जेल सजाय र जरिवानाको घोषणा गरिसकेको छ । अरु पश्चिमा देशहरुले पनि कतासँग चलिरहेको कारोबार बाहेक कुनै पनि नयाँ आर्थिक कारोबार गरेका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान