मो इमरान खान/जेठ २९, कपिलवस्तु । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका राजनितिक दलहरुले धमाधम उम्मेदवारको घोषणा गरिरहेका छन् । 

नेकपा एमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/जेठ २९, कपिलवस्तु । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका राजनितिक दलहरुले धमाधम उम्मेदवारको घोषणा गरिरहेका छन् । 

नेकपा एमा"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा चुनावी माहोल तात्दै, धमाधम उम्मेदवारको घोषणा हुँदै

२९ जेष्ठ २०७४, सोमबार ११:३८


मो इमरान खान/जेठ २९, कपिलवस्तु । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका राजनितिक दलहरुले धमाधम उम्मेदवारको घोषणा गरिरहेका छन् । 

नेकपा एमालेले जिल्लाका १० स्थानीय तह मध्ये ९ वटा तहमा उम्मेद्वारको टुंगो लगाई सकेको छ भने कांग्रेसले ४ नगरपालिकाको उम्मेदवारको छिनोफानो गरिसकेको छ। माओवादी केन्द्रले ८ वटा तहमा उम्मेदवारको टुङगो लगाइसकेको छ । 

अहिले उम्मेदवारहरु भोट माग्नका लागि जनताको घर दैलो चहारीरहेका छन । उत्तरी क्षेत्रका वाणगंगा, बुद्धभुमि र शिवराज नगरपालिका क्षेत्र चुनावमय बनेको छ । नेपाली कांग्रेसले जिल्लाको कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउपालिकाको उम्मेदवारको टुंगो लगाउन बाँकी छ । यहाँका उम्मेदवारहरुको टुंगो केन्द्रले लगाउने कांग्रेस जिल्ला सदस्य तथा प्रचारप्रसार समिति संयोजक प्रकाश घिमिरेले बताए । 

शनिबार पनि उम्मेदवारको नाम छनौट गर्न टिकट वितरण समितिको बैठक र छलफल चलेको उनले बताए । अबेर साँझ आइतबार वा सोमवार सम्म जिल्लाका सबै तहको नाम टुंगो लाग्छ, घिमिरेले भने । एकल रुपमा चुनाव जित्ने छाँट नदेखेपछि दलहरु चुनावी तालमेलमा जुटेका छन्। 

जिल्लामा सबैभन्दा बढी मतदाता रहेको बाणगंगा नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको छ। कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउने गरी चुनावी तालमेल भएको कांग्रेस क्षेत्र नम्बर १ का सभापति हरिराज घिमिरेले बताए । 

यसअघि दुबै पार्टीले प्रमुख र उपप्रमुखको छुट्टा छुट्टै नाम सार्वजनिक गरी सकेका थिए । संयुक्त प्यानलमा कांग्रेसका मंलग प्रसाद थारु र माओबादी केन्द्रका टोप नारायण बेल्वासे उम्मेवार बनेका छ । ११ वडा रहेको नगरपालिका कांग्रेसलाई ७ र माओवादीलाई ४ वडा भागमा परेको छ । दुबै पार्टीको तर्फबाट वडा अध्यक्ष र अन्य पदहरुमा आकांक्षी बढी रहेकोले उम्मेदवार छान्न हम्मे÷ हम्मे परेको बताइएको छ । एमालेको राम्रो पकड मानिएको बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएपछि चुनाव निकै प्रतिस्पर्धात्मक हुने मतदाताहरु बताउँछन । बाणगंगा नगरपालिका जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ। 

यस क्षेत्रमा २०७० सालमा भएको संविधानसभा निर्वाचनमा एमालेका बलराम अधिकारी विजयी भएका थिए। त्यसैले यसपटक पनि निर्वाचनमा एमाले हाबी हुने धेरैको अनुमान छ । एमालेले बाणगंगा नगरपालिकामा पार्टी जिल्ला सचिव विमला घिमिरेलाई प्रमुख र चक्र अर्याललाई उपप्रमुखमा चुनावी मैदानमा उतारेको छ । शिवराज नगरपालिकामा पनि दलहरु चुनावी अभियान व्यस्त छन । कांग्रेसले जिल्ला सचिव प्रेम बहादुर रायमाझीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । 

उपप्रमुखका लागि भने कांग्रेसले कुनै उम्मेदवार चयन गरेको छैन । कांग्रेसले यस नगपालिकामा उपप्रमुखको उम्मेदवार अन्य दललाई दिएर तालमेल गर्ने रणनीति बनाएको छ । एमालेबाट सभासदमा पराजित नेत्रराज अधिकारी प्रमुखको उम्मेदवार छन । २१ वर्षिया शिव कुमारी थारुलाई उपप्रमुखको उम्मेदवार छिन । राप्रपाबाट युवाहरु माझ लोकप्रिय अजय थापा प्रमुखको उम्मेदवार छन । माआवादी केन्द्रले डा.प्रकाश पौडेल र उपप्रमखुमा श्वेता योगीलाई उम्मेदवार बनाएको छ । चार वटै दलले अहिले प्रसारप्रसार अभियान चलाएका छन । बुद्धभुमि नगरपालिकामा एमालेको तर्फबाट रुपेश श्रेष्ठ नगरप्रमुखको उम्मेदवार छन ।  

कांग्रेसले अझै बुद्धभुभि नगरपालिकामा प्रमुखको नाम टुंगो लगाएको छैन । कांग्रेसका केशव श्रेष्ठ, र विरेन्द्र मिश्रासँगै पूर्व सांसद् विष्णु आचार्यको नाम चर्चामा छ । संघीय समाजवादी फोमरले पनि उम्मेदवारहरुको नाम छनौट अन्तिम चरणमा पुगेको बताएको छ । दक्षिणी क्षेत्रमा कांग्रेससँग प्रतिस्पर्धा हुने भएकाले कांग्रेसले उम्मेदवार घोषणा गरेपछि मात्र आफुहरुले उम्मेदवारको नाम बाहिर ल्याउने फोरमका नेता अब्दुल रसिद खांले बताए । 

राष्ट्रिय जनता पार्टी आन्दोलनमा जाने कि चुनावमा जाने दोधारमा परेकोले जिल्लाका दक्षिणी क्षेत्रका मतदाताहरु अन्यौलमा छन । फेरी राजपा आन्दोलनमा जाने आशंकाले चुनाव तोकिएको मितिमा हुन्छ कि हुदैन भनेर मतदाताहरु ढुक्क हुन सकेका छैनन । 

दक्षिणी क्षेत्रमा अझै चुनावी प्रचारप्रसारले तीव्रता पाएको छैन । स्थानीय तहको निर्वाचन कुनै हालतमा हुन नदिने राष्ट्रिय जनता पार्टी नेपाल कपिलवस्तुका संयोजक कैलाश अग्रहरीले प्रतिक्रिया दिएका छन । जिल्लाको दक्षिणी क्षेत्र सदरमुकाममा दिनहुँ राजपाले विरोध कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो