प्रभात सुवेदी । जेठ २९, बर्दिया । 

हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ २९, बर्दिया । 

हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् । 

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रगतिलाई ईन्जिनियर बनाउने सपना

२९ जेष्ठ २०७४, सोमबार १३:०६

प्रभात सुवेदी । जेठ २९, बर्दिया । 

हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् । 

यो कुनै दम्पत्तीबीचको फोन वार्ता हो । बेबारिसे रुपमा भेटिएकी बालिकाको सेवामा अहोरात्र जुटेकी आफ्नी श्रीमतीलाई जिल्ला अस्पताल परिसरबाट फोन गरेर बोलाउँदै थिए उनका श्रीमान् । त्यतिबेला उनकी श्रीमती भने बालिकालाई गर्मी भएर यसो बाहिरतिर डुलाउन अस्पताल परिसरमा नै निस्किएकी थिईन् ।  

नौ दिन अघि जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ३ स्थित बबई नदिमा २०७१ सालको बाढीले बगाएर जिर्ण अवस्थामा रहेको कुसुम्बाघाटको पुलमुनी बेबारिसे रुपमा भेटिएकी बालिकालाई जिल्ला अस्पताल बर्दियामा उपचारका लागि ल्याइएको थाहा पाएदेखि नै उनको दैनिकी बदलिएको छ । 

बिहानैदेखि प्रगति (बालिकाको अस्पतालले राखिदिएको नाम)को स्यहार सुसार र सरसफाईमा विताउँछिन् उनी । खुशीको सिमा नै छैन उनको मुहार उज्यालो छ । कतै कतै शङ्का मिसिएको खुशी छचल्किरहेको स्पष्ट देखिन्थ्यो । प्रगतिलाई काखमा लिन पाएदेखि नै आफ्नो कोख भरिलो भएको अनुभुति गरिरहेकी छिन् उनी । दिनरात नभनीकन निरन्तर रुपमा निस्वार्थ सेवासुसारमा लागिरहेको आज लगातार आठ दिन भएको छ । अस्पतालमा नै छैठी गरिएपछि बालिकालाई लिनका लगि निकै उत्साहित देखिएकी छिन् भगवानपुर गाविस वडा नं. ७, कपिलवस्तुकी गितादेवी पाण्डे र वीरेन्द्र पाण्डे । 

विभिन्न सञ्चारमाध्यमहरुमा बालिकालाई लिन चाहने निःसन्तान दम्पतीहरुको खोजी सम्बन्धि समाचारहरु सम्प्रेषण भएपछि विभिन्न स्थानबाट धेरैको संख्यामा पाल्न चाहनेहरु अस्पताल, जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आएका छन् । यो समाचार तयार गर्ने शिलशिलामा अस्पताल पुग्दासम्म पनि बालिकालाई लिन चाहनेहरुको आगमन भैरहेको देखिन्थ्यो । तर यो कुरा थाहा पाउनेवित्तिकै पाण्डे दम्पतीले अस्पताल पुगेर बालिकाको अहोरात्र सेवामा जुटेका छन् । आफ्नी श्रीमतीको पाठेघरमा समस्या भएका कारण निःसन्तान रहेका पाण्डे दम्पत्तीले आत्मैदेखि नै बालिकालाई आफ्नै सन्तान बनाएर पाल्न चाहेको बताएका छन् । बालिकालाई कर्म दिएर सक्षम बनाउन आफूसँग सम्पत्ति र दिगो आय आर्जन भएको दम्पत्तीको भनाई छ ।

 बालिकाको साथमा पाण्डे दम्पत्ति

गीताका श्रीमान् विरेन्द्र कुमार पाण्डे विद्युत प्राधिकरण गुलरिया वितरण शाखामा कार्यरत कर्मचारी हुन् । उनी पनि कार्यालयको समय सकिने वित्तिकै अस्पतालमा आएर बालिकाको स्याहर सुसारमा श्रीमतीलाई सहयोग गर्ने गरेका छन् । ‘ल्याक्टो, स्यारलेस् खाँदै थिइन्, हिजोदेखि गाईको दूध खुवाउने गरेका छौँ, वीरेन्द्रले भने । 

शुरुका दिनमा बालिकासँगै सुत्दा रातमा निद्रा नै नलागेको र आजभोलि उनको स्वास्थ्य अवस्था पनि राम्रो छ रातमा निद्रा पनि परेको छ म पनि छोरीसँगै सुत्छु, गीतादेवी भन्छिन् । बालिकालाई छोरी बनाएर लालनपालन गर्नका लागि आवेदन पनि दिइसकेको पाण्डे दम्पत्ती बताउँछन् । यसरी रातदिन सेवा गरेपनि बालिका पाउने कुरामा ढुक्क भने छैनन् उनीहरु । हेरौं ! भाग्यमा भए पाइएला नभए त के गर्ने चित्त बुझाउनै प¥यो ! तर बालिकाको सेवा सुसार गरेको देख्दा निःसन्तान दम्पत्तीको माया बालिकाले र बालिकाको माया दम्पत्तीले पाएजस्तो देखिन्छ ।

 

गीतादेवी भन्छिन्, ‘जसरी पनि लिने प्रयास रहने छ मेरो मैले छोरी हैन राजकुमारी नै बनाउने सपना देखिसकेकी छु ।’ पढाउँछु, लेखाउँछु, सक्षम अनि योग्य र असल बनाउँछु । उनी भन्छिन्, ‘छोरीको के ईच्छा हुन्छ, तर भाइलाई त हामीले नै पढाएर ईन्जिनियर बनाइयो भने, यी छोरीलाई पनि ईन्जिनियर बनाउने सपना छ ।’

पाण्डे दम्पत्तीको आत्मैदेखिको रहर पूरा होस् । प्रगतिको साँच्चिकै प्रगति होस् । कामना । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की