2026-09-03 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्कंदा सम्पति कुम्ल्याएर श्रीमती अर्कैसँग हिडेपछि…


असार ३, काठमाडौँ । ‘श्रीमतीलाइ खुसी र सुखी राख्ने सपना बोकेर रोजगारीका लागि कतार गएँ’ गोरखा सिरान्चोकका टप बहादुर गुरुङले  मर्माहत हुँदै भने- ‘स्वदेश फर्कदा त पापिनिले सबै सम्पति कुम्ल्याएर अर्कैसंग गैसकीछे’।

बैदेशिक रोजगारीको शिलसिलामा दुई बर्ष अघि कतार गएका गुरुङले प्रण प्यारी ठानेर आफ्नी श्रीमती शुशिला गुरुङका नाममा बारम्बार पैसा पठाइरहे । टेलिफोनमा कुरा हुँदा टप बहादुरलाई शुशिलाले अति माया गर्ने बताउथिन । टप बहादुरले शुशिलाको नाटकलाई बुझ्न सकेनन् । बुझुन पनि कसरी ? उनले आफुलाई भन्दा बढी बिस्वास र माया आफ्नी श्रीमतीलाई गरेका थिए ।

२०७२ सालमा टप बहादुर र शुशिलाको धुमधामका साथ् बिहे भयो । गाउँको परम्परा अनुसार नै मागी बिहे गरेका उनीहरुले एक महिना रमाइलो संग बिताए । त्यसपछि श्रीमतीलाइ खुशी राखनाका लागि पैसा कमाउन कतार गए ।

कतार गएर बेकरी क्याफेमा काम गरेका टप बहादुर कमाय जति सबै पैसा श्रीमतीलाइ पठाउने गर्थे । श्रीमतीले  पैसा जोगाएर राखेकी होलिन भन्नेमा उनि ढुक्क थिए । तर, नतिजा फरक आइदियो ।

विदेश गएको लामो समयसम्म राम्रो भयो भनि पछिल्ला दिनहरुमा शुशिलाको व्यवहार परिवर्तन भयो । टेलिफोन प्रायः ब्यस्त हुन थाल्यो । उनले केहि शंका पनि गर्ने गरे । तर आधार भेटाएनन । 

उनि बिदेशमा दुख गर्दा गर्दै गाउँमा श्रीमती हराएको खबर सुने । श्रीमती हराएको पिडामा उनि हतारिएर काठमाडौँ आए । जोडतोडले श्रीएमतिको खोजि गरे । केहि समयपछी थाहा भयो शुशिलाले लमजुङ दुधपोखरीका समिर परियारसंग बिहे गरिसकी छन् ।

आफुलाई भन्दा बढी माया गरेकी  श्रीमती अर्कै संग गएको थाहा पाएपछि टप बहादुर बेचैन  भए । शुशिलाले टपलाइ मात्र छाडीनछन, उनले विदेशबाट पठाएको सबै रकम र गरगहना पनि बोकेर हिडीछन ।

टप बहादुरका अनुसार शुशिलाले ३ लाख रुपैयाँ नगद र  साढे दूई तोला सुन लिएर आरके संग बिहे गरिछन ।

सुख र खुशीको सपना बोकेर विदेश गएका टप बहादुरको जीवन उजाडिएको छ यतिबेला । र, उनले न्यायका लागि जिल्ला प्रहरी कार्यालय संग गुहार मागेका छन् । आफुले कमाएको पैसा र गहना फिर्ताको लागि उनि भौतारिरहेका छन् । तर, प्रहरीले उनको कुनै सुनुवाई गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ