ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म सा"/>

2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुकम्प गएको २५ महिनापछि अनुदान सम्झौता शुरु

ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म साविकको शैलुङ्गेवर गाविसको वडा नम्बर १,२,३ र ५ का २ सय १५ घरधुरीसँग अनुदान सम्झौता गरिएको वडा सचिव लालबहादुर गुरुङले जानकारी दिनुभयो । शैलुङ्ग गाउँपालिकाका प्रमुख भरतप्रसाद दुलालले हिजो विधिवत रुपमा अनुदान सम्झौता गरेर शुरु गर्नु भएको थियो ।

शैलुङ्गेश्वरमा १ हजार ४ सय १४ घरधुरीलाई भूकम्प पीडित परिचयपत्र वितरण गरेकोमा ७ सय ७६ जनाको नाममात्रै लाभग्राहीको सूचिमा आएपछि वास्तविक भूकम्प पीडितको नाम छुटेको भन्दै ७ सय ४२ जनाले गुनासो फारम भरेका छन् । गुनासो सम्वोधन हुँदा पनि १ सय ३५ घरधुरी मात्रै लाभग्राहिको सुचीमा थपिएपछि स्थानीयले अनुदान सम्झौताको काम रोकेका थिए ।

यसैविच स्थानीय शान्ती समिति शैलुङ्गेश्वरले लाभग्राहीको सुचीमा ना नपरेका भुकम्प पिडितहरुको क्षतिग्रस्त घर पुनः सर्वेक्षण गरी एक महिना भित्र लाभग्राहिको सुचिमा नाम समावेश गर्न माग राख्दै गाँउपालीकाका प्रमुख भरत दुलाललाई हिजै ज्ञापन पत्र बुझाएको जनाईएको छ । समिति  अध्यक्ष भैरब काफ्लेले साउन २ गते सम्म पनि माग पुरा नभए साउन ३ गते वडा कार्यालयमा ताला लगाउने चेतावनी समेत दिइएको वताउनु भयो ।

त्यसैगरी भुकम्प गएको लामो समय भईसक्दा समेत मेलुङ्ग गाउँपालिका वडा नम्बर ४ अर्थात साविकको भेड्पु गाविसमा गुठी जग्गाको समस्याका कारण अझै अनुदान सम्झौता हुन सकेको छैन । २०७२ को फागुन ३० गते दोलखाको सिँगटीबाट शुरु भएको अनुदान सम्झौता भुकम्प प्रभावित सबैजसो जिल्लाहरुमा भइसकेर आवास निमार्ण सम्पन्न भईसक्दा समेत दोलखाका केहि ठाउँहरुमा हुन नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक