मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउरलाीमा एक घर एक धारा अभियान

४ असार २०७४, आईतवार ०२:२८

 स्वच्छ, सफा र शुद्ध खानेपानी, उपभोक्ताको अधिकार सुनुश्चित गर्नको लागि जिल्लाको मोदीगाउँपालिका ३ मा एकघर एक धाराको नीति अबलम्बन गरिने भएको छ । 

मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा कुल ७१ लाखको लागतमा घुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुह मार्फत आयोजना सम्पन्न हुन लागेको हो । ०७२ बैशाखदेखि शुरु भएको उक्त खानेपानी आयोजना आगामी ०७५ जेठ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उपभोक्ता समुहका अध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार जमले छहराको मुलबाट पानी ल्याउन लागिएको खानेपानीको निर्माण कार्य अहिले तिब्र रुपमा चलिरहेको छ । जस अनुसार २ इन्टेक, २ डिसी, १ कलेक्सन च्याम्बर र ३ हजार एक सय मिटिर पाइप विच्छाउने काम सम्पन्न भएको र ३ डिसी, १० हजार लिटर बराबरको टंकीको निर्माण कार्य चलिरहेको बताए ।

उक्त खानेपानी आयोजनाबाट ६० घरधुरी लाभान्वीत हुने खानेपानी आयोजना निर्माण समितिले जनाएको छ । खानेपानीको समस्याका कारण स्थानीबासीले चार सार्वजानिक धाराहरुको माध्यबाटनै पानीको आपूत्र्ति गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट