असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । "/>

2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा पश्चिम नेपालकै पहिलो अत्याधुनिक प्रयोगशाला सञ्चालनमा


असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । 

प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गर्नुभयो । 

चिकित्सकले सिफारिस गरेको रक्तपरीक्षण पैसा नभएर गर्न नसक्ने अवस्था भएमा बिरामीकोसमेत निःशुल्क रगत परीक्षणको व्यवस्था गर्ने सञ्चालकले जानकारी दिएका छन् । 

अत्याधुनिक प्रविधिका मेसिन जडित सो प्रयोगशालामा बिरामीको अवस्थालाई ध्यानमा राखी घरमै गएर नमुना सङ्कलन गर्ने र अनलाइनबाट रिपोर्ट पठाउने समेत व्यवस्था गरिएको छ । त्यसका लागि अतिरिक्त शुल्क लिइने छैन । 

प्रयोगशालामा हर्मोनको परीक्षण, भिटामिनको परीक्षण, क्यान्सर परीक्षण तथा सरुवा रोगको सङ्क्रमणका विषयमा समेत परीक्षण गरिनेछ भने सातामा दुईपटक वायप्सीसमेत परीक्षण हुने ल्याबका सञ्चालक प्रकाश न्यौपानेले जानकारी दिनुभयो । 

रु एक करोड २५ लाखको लगानीमा सातजना व्यक्तिले प्रयोगशाला सञ्चालनमा ल्याएका छन् भने त्यसमा ११ जना स्थानीय प्राविधिकले रोजगारीसमेत पाएका छन् । 

सो ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार सामान्य जाँचदेखि विशेष प्रकारका बिरामीका लागि आधुनिक प्रविधियुक्त प्रयोगशालामा उच्च प्रविधि, आधुनिक उपकरणसहित दक्ष जनशक्तिको समेत व्यवस्थापन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो