2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा चौथो स्थानिय खाद्यमेला शुरु, मेलाले बालिको महत्व बुझाउदै

नन्दराम जैशी | असार ६, जुम्ला । स्थानीय खाद्यबालीको संरक्षण एवम् प्रवद्र्धन गर्नका लागि जुम्लामा आजदेखि खाद्यमेला शुरु भएको छ । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा मंगलबार (आज) देखि खाद्य मेला शुरु भएको हो ।

खाद्य मेलामा चिनो, कागुनो, जौ, फापर, कोदो, सिमी, मार्से र कालीमार्सी धान लगायतका स्थानीय बालीबाट बन्ने विभिन्न प्रकारका परिकारका स्टल राखिएका छन् । मेला मार्फत स्थानिय बालिको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कंडेलले बताउनुभयो । स्थानीय खाद्य मेलाले स्थानीय बालीबाट बन्ने विभिन्न परिकार र खाने बानीको विकासमा ठुलो टेवा पुग्ने उहाको भनाइ छ ।     

कार्यालयका अनुसार मेलामा प्रदर्शनका लागि दुइ दर्जन बढि खाद्य स्टल वुकिङ्ग भएका छन् । कृषि प्रसार अधिकृत बालकराम देवकोटाले जिल्लामा उत्पादित स्थानीय बाली संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि स्थानीय खाद्य मेला आवाश्यक रहेको बतााउनुभयो । जुम्लामा उत्पादन हुने अर्गानिक बालिको बाहीर माग बढेपनि स्थानीय स्तरमा यसको महत्व नबुझेका कारण उत्पादन घट्दै गइरहेको उहाको भनाइ छ ।          

मेलाको आज पहिलो दिन आफ्नो उत्पादन प्रदर्शन गर्न केहि किसानहरु सहभागि भएपनि मेला अवलोकन गर्नेहरुको भने त्यति उत्साहपुर्ण सहभागिता रहनसकेन । मौषम खराबीका कारण पनि मेलामा उत्साहपुर्ण सहभागीता नभएको सरोकारवालाको बुझाइ छ । पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकोले यसको उत्पादन बृद्धि र किसानलाई महत्व बुझाउन मेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित