२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सभापतिकै मिलेमतोमा स्वतन्त्र उम्मेद्वार खडा

२०७४, ७ असार बुधबार ०३:२४


दिपक अनुरागी/असार ७, कपिलवस्तु । पार्टिको नीति विधान अनुसार नचल्ने कुनै पनि नेता तथा कार्यकर्ता कार्रबाहिको भागिदार बन्छ । 

अझ नेपालका राजनितिक दलहरुले त जिल्ला तहका कुनै पनि नेतालाई सामान्य कमजोरी गर्दा पनि कार्रबाहि गरेका प्रशस्तै उदाहरण छन् । तर कपिलवस्तु कांग्रेसमा अचम्मको खेल भएको छ । कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले पार्टि नीति विपरित गई स्वतन्त्र उम्मेद्वार खडा गरि असल कांग्रेस कार्यकर्ताको मन दुखाएका छन् । 

जिल्लाको शिवराज नगरपालिकामा कांग्रेसले मेयर पदको लागि पार्टि जिल्ला सचिव प्रेम बहादुर रायमाझीलाई उठाएको छ । रायमाझीलाई मेयर पद उठाए पनि उपमेयर पद भने खाली राखिएको थियो । मधेसबादी दल संग चुनावी तालमेल गर्ने भनि उपमेयर कांग्रेसले खाली राखेको हो । तर निर्वाचनको मिति नजिकिदै गईरहेको बेला शिवराजमा न त कांग्रेसले कसै संग तालमेल ग¥यो ! न त उपमेयरमा उम्मेद्वार नै उठाउन ! 

आइतबार मनोनयन दर्ता सम्म पनि कुनै पार्टि संग चुनावी तालमेल नभए पछि कांग्रेसले उपमयेरमा कस्लाई उठाउला भन्ने राजनितिक बृत्तमा कौतुहलता बढ्दै थियो । यद्यपि सबैको कौतुहलतालाई साम्य पार्दै कांग्रेसले शिवराजमा मेयर पदमै उम्मेद्वारी दर्ता गरेन । नगरको मेयर सहित वडा अध्यक्ष र सदस्यको दलबलको साथ उम्मेद्वारी दर्ता भएपनि उपमेयरमा खाली रोखेको हो । 

अन्तिम समय सम्म पनि मेयर पदमा दाबी गरिरहेका पार्टि जिल्ला सदस्य हरी प्रसाद पोख्रेललाई मनाउन सभापति आचार्यले उपमेयरमा स्वतन्त्र उठाएका हुन् । संबिधानमा स्थानिय तहका प्रमुख, उपप्रमुख पद मध्ये एउटामा अनिवार्य महिला उठाउनु पर्ने कानुनी प्रावधान रहे पनि कांग्रेस कपिलवस्तुमा यो रहेन । कानुनको यो बाध्यकारी नीति कांग्रेस कपिलवस्तुलाई गलफासो भएको प्रष्टै देखिएको छ । किनकि महिलालाई दिनुपर्ने पद कांग्रेस कपिलवस्तुले पुरुषलाई दिएको छ । यसले महिला प्रति कांग्रेस उदार छैन् भन्ने प्रष्टै भएको छ भने कांग्रेसको विधानलाई सभापतिले ठाडै मिच्न पाउने रैछ भन्ने पनि प्रमाणित भएको छ । 

प्रजातान्त्रिक विचारमा आस्था राख्ने मुलुकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस कपिलवस्तुले महिला उम्मेदवारलाई कानुनी अधिकारबाट बन्चित गराएको छ । पार्टीका वफादार, अतिक्रियाशिल शिवराज नगरपालिकाको उपमेयर पदका आकांक्षी दुई जना महिलालाई नेपाली कांग्रेसले उपेक्षा गरेको छ । जिल्लाको दुईवटा निर्वाचन क्षेत्र ४ र ५ तथा नगरपालिकाको ११ वटै वडाबाट सिफारिसमा परेका उपमेयरका आकांक्षी दुई महिलालाई अधिकारबाट बन्चित गराएपछि उनीहरु आक्रोसित छन् । दुवै क्षेत्रबाट उपमेयरका लागि रीता पौडेल र गोमा पाण्डेयलाई सिफारिस गरी जिल्लामा पठाएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले बताए । 

नेपाली कांग्रेसको जिल्ला उम्मेदवार छनौट समितिका ८ मध्ये ७ जनाले पहिलो प्राथमिकतामा रीता पौडेल र दोस्रोमा गोमा पाण्डेलाई उपमेयरका लागि मौखिक सहमति जनाएको पौडेलले जानकारी दिए । कांग्रेस जिल्ला सभापति आचार्यले मेयरको छनौटपछि उपमेयर पछि छनौट गर्ने भनी आश्वासन दिई आलटाल गर्दै आएको महाधिवेशन प्रतिनिधि पौडेलले बताए । अन्तिम अवस्थामा आई महिलाको कानुनी अधिकारबाट बन्चित गरी ठूलो धोखा दिएको उम्मेदवारका आकांक्षी दुवै महिलाको गुनासो छ ।

लामो समयदेखि नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेकी शिवराज नगरपालिका ५ बस्ने रीता पौडेलले महिलाको हक अधिकार खोसेर नेपाली कांग्रेसले ठूलो गल्ती गरेको आरोप लगाइन् । स्वतन्त्रको नाममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य तथा जिल्ला अनुशासन समिति सदस्य रहेका हरिप्रसाद पोख्रेललाई उपमेयरमा उम्मेदवारी दर्ता गराएको रीताले आरोप लगाइन् । अनुशासनका सदस्यले नै अनुशासन उलंघन गरी महिलालाई न्यायपालिका जस्तो गरिमामय उपमेयरको पदबाट बन्चितीकरण गरेको पौडेलले गुनासो गरिन् । पार्टी नेतृत्वले आर्थिक चलखेलमा सक्षम नेतृत्वका महिलालाई समेत अधिकारबाट बन्चित गरेको पौडेलको आरोप छ ।

नेपाली कांग्रेसले आफूलाई आश्वासन दिएर अधिकार हनन् गरेकाले आफू उपमेयर पदमै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको रीता पौडेलले जानकारी दिइन् । यस्तो निन्दनीय कार्यप्रति ठूलो आपत्ति जनाउँदै पौडेलले यस्ता घृणित कार्य गर्नेलाई सबक सिकाउन जरुरी रहेको बताइन् । आफू स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवारी दिएकाले सबैसँगै सहयोगको याचना समेत गरिन् ।

यता उपमेयरकै आकांक्षी शिवराज नगरपालिका १ की गोमा पाण्डेले आफूलाई ठूलो धोका दिएको आरोप लगाइन् । क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि रहेकी पाण्डेले पार्टीभित्र ठूलो चलखेल भएको आरोप लगाइन् । उपमेयरको आश्वासन दिएको नेपाली कांग्रेसले आफूलाई उपेक्षा गर्नु सम्पूर्ण महिलाकै अधिकार खोसेको पाण्डेयले बताइन् । महिलाको हक अधिकारबाट बन्चित गरी नेपाली कांग्रेसलाई आफ्नो वास्तविक औकात देखाएको उनले आरोप लगाइन् । नेपाली कांग्रेसको यस्तो घृणित कार्यप्रति आफू निकै दुःखी भएको बताउँदै उनले पार्टीकै छविमाथि ठूलो प्रश्नचिन्ह खडा भएको बताइन् ।

स्थानीय तहको निर्वाचनमा सरकारले ४० प्रतिशत महिलालाई सहभागिताको अधिकार दिने बाध्यकारी ब्यवस्था सरकारले अगाडि सारेको छ । सोही बमोजिम शिवराज नगरपालिकामा नेपाली कांग्रेसबाहेक अन्य सबै राजनैतिक दलहरुले सबै उपमेयर पदमा मात्र महिला उम्मेदवार उठाएका छन् । नेकपा एमालेले जुझारु युवा देशकै सबैभन्दा कान्छी उम्मेदवार शिवकुमारी थारुलाई उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । यस्तै माओबादी केन्द्रले श्वेता गिरी, राप्रपाले सविता थारु, संघीय समाजबादी फोरम नेपालले सुमन यादव र जनमोर्चाले इन्द्र कुमारी खनाललाई उपमेयरमा उम्मेदवार बनाएका छन् ।

फोटो क्याप्सन: नेपाली कांग्रेसले महिलालाई हक अधिकारबाट बन्चित गरेपछि कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी शिवराज नपा ५, चन्द्रौटाकी रीता पौडेल ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ