१९ आश्विन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही

१९ आश्विन २०८१, शनिबार १७:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकक्ता औंल्याएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदापनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे ।

उनले अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाए ।

उनले भने, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममापनि आउन डराए । यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन् गर्ने, बास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए ।

उनले भने, ‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरुलाई फाँसी दिईन्थ्यो ।’

ललितपुरको नख्खुमा नागरिकले घण्टौंदेखि ज्यान बचाउनको लागि याचना गर्दापनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उनले सरकारको असफलतासँग जोडे ।

उनले भने, ‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन् । जनताले घण्टौं चिच्याउँदापनि उद्धार भएन । यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला । हामीले आखिरमा सरकारबाट के पायौं त ? ज्यान बचाउनको लागि याचना गर्दापनि सरकार देखिएन । कर के को लागि तिरेका छौं ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ?म भन्छु अहिलेको राज्यसंयन्त्र फेल भैसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन् । त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

उनले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराए । तर, विभागीय मन्त्री पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताए ।

उनले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्नेमा’, अर्को सुनुवाइ मंगलबार वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री ! धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै कोशी ब्यारेजको जलसतह आधा घट्यो