कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन"/>

2026-08-29 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने

कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन तथा सम्पन्न हुन सके प्रभाबकारी हुनेमा जोड दिएका हुन । 

पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FHI 360 संगको सहकार्यमा ईक्वल एक्सेस र रेडियो रामारोशनको उत्पादनमा प्रशारण हुने कार्यक्रम साझाबोलीका लागि भएको विषयवस्तु छनोट कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सञ्चार माध्यामले जहीले पनी स्थानियको आवाज सँकलन गर्दै निर्णायक तहमा पुरयाउनु पर्ने बताउनु भयो । सेवाग्राहीले पाउनु पर्ने सेवाका आधारमा जिल्लामा उपलब्धी कम रहेकाले आगामि दिनमा उपलब्धी तिर सबैले जोड दिनुपर्ने बताउनु भयो । 

छलफल कार्यक्रममा आगामि श्रृखलामा उत्पादन गर्नु पर्नेमा साझाबोलि कार्यक्रमका लागि अछाम जिल्लामा निशुल्क शिक्षा र कार्यान्वयनको चुनौती, कृषिमा अनुदान र कार्यान्वयन र निशुल्क पाईने औषधी र उपलब्धता गरि ३ वटा बिषय छनोट गरिएका छन । शिक्षाको बारेमा निमित्त जिल्ला शिक्षा अधिकारी चक्र बहादुर कुवुर, कृषिको बारेमा नाप्रस मनराज जोशि, स्वास्थ्यको बारेमा निमित्त जिल्ला स्वास्थ्य प्रमुख झपटराज ढुंगानाले जानकारी गराउनु भएको थियो । रेडियो कार्यक्रमलाई प्रभाबकारी बनाउनका लागि नियमित मुल्याकन र प्रभाबकारीतामा जोड दिनु पर्ने सुझाव दिएका थिए । 

हाल सम्मको प्रभाबकारीता र अबको आयोजनाका बारेमा FMDC अछामका कार्यक्रम अधिकृत गणेश तिरुवाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा महिला बिकास अधिकृत भगवति अर्याल, गैसस महासघ अछामका अध्यक्ष खड्क खडका, महिला अधिकार मन्च अछामका अध्यक्ष अपसरा कुवर, नगर स्तरिय दलित समन्वय समिती सचिव बृख बिक, रेडियो रामारोशनका अप्रशेन चिप कृष्ण बहादुर बुढा, साझाबोलि कार्यक्रम अछामका रिपोर्टर गायत्रि भण्डारी, डोटीका रिपोर्टर खेमा कुमारी बोगटीको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन तथा सहजिकरण कार्यक्रम उत्पादक कमल रावलले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु