प्रभात सुवेदी । असार ७, बर्दिया । 

थारु परिवारमा जन्मेको गरिब किसानको छोरो । आमाबाबाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ७, बर्दिया । 

थारु परिवारमा जन्मेको गरिब किसानको छोरो । आमाबाबाले"/>

२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हिलोमै त फूल्छ कमल : ३.९० जिपिए ल्याउने इन्द्रको सपना यस्तो छ (भिडीयो सहित)

२०७४, ७ असार बुधबार १७:४०

प्रभात सुवेदी । असार ७, बर्दिया । 

थारु परिवारमा जन्मेको गरिब किसानको छोरो । आमाबाबाले आफूले पढ्न नपाएपनि सन्तानलाई पढाउने रहर र धोका पूरा गर्नका लागि खाइनखाइ गरेर छोरालाई पढाउन बर्दिया जिल्लाको राम्रो सामुदायिक विद्यालय मध्येको एक मानिएको विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज भन्दा छ वर्ष अघि आफन्तको जिम्मा लगाएर पठाए । सानैदेखि नै ती बालकले आमाबाबाको सपनालाई राम्ररी बुझे अनि आत्मसात गरे ।

आफन्त दाइसँगै गुलरियामा बसेर आँफै खाना पकाउने भाँडा माझ्ने कामसँगै उनले आफ्नो पढाइलेखाई अगाडि बढाउँदै गए । विद्यालयमा गुरुहरुको मार्गनिर्देशसँगसँगै, अनुशासन, मर्यादा र जीवनको महत्वलाई बुझ्दै निरन्तर अध्ययनमा लागिरहे उनी । 

विद्यालयमा लिइने प्रत्येक कक्षाको अन्तिम परीक्षामा उनी कक्षा प्रथम मात्रै हैन कि विद्यालय प्रथम हुँदै विद्यालयका गुरु अनि गुरुआमाहरुको न्यानो माया र स्नेह अनि असल मार्गदर्शनलाई पहिल्याउँदै निरन्तर अगाडि बढिरहे । उनी आफूलाई विद्यालयमा पनि अलि फरक ढङ्गले प्रस्तुत गर्दथे । उनी शालीन थिए अनि आफूले अरुको कुरालाई अत्यन्तै गम्भीरतापूर्वक सुन्दथे । 

जिल्लाको अत्यन्तै विकट मानिएको साविक पाताभार हाल गेरुवा गाउँपालिकाको वडा नं. ४ मा बस्दै आएका इन्द्रबहादुर चौधरी आमाबाबालाई छाडेर एउटा सानो बालक घरदेखि करिब ६० किलोमिटरको दूरी टाढा आएर पढ्नु भनेको पनि चानचुने कुरा भने हैन । 

सानैदेखि लगनशील, मिहिनेती र अत्यन्तै इमान्दारी भएर पढ्दै जाँदाको सफलता भने २०७३ सालको एइई परीक्षाको नतिजाले देखायो । सबै विषयमा उनले ए प्लस प्राप्त गरका छन् भने अङ्ग्रेजी र सामाजिकमा मात्रै ए ग्रेड प्राप्त गरेका छन् (हे. ग्रेडसिट: स्रोत :http://see.ntc.net.np/gradesheet.php)। समग्रमा उनको जिपिए ३.९० रहेको छ । यो नतिजाले इन्द्रलाई अझ हौस्याएको छ । उनमा अझ प्रगति गर्ने जाँगर पलाएर आएको छ । अब उनले सोचेका छन् कि एउटा सक्षम र सबल नागरिक बनेर यो देशको सेवा गर्ने ।

आफ्नो अध्ययनको तरीकाका बारेमा इन्द्रबहादुर भन्छन्, ‘म दिनमा त्यस्तै ४÷५ घण्टा अध्ययन गर्ने गर्दथेँ अनि परीक्षाको समयमा पनि उत्तिकै ध्यान दिएर पढ्ने गर्दथेँ । सबैको पढ्ने आ–आफ्नै तरीकाहरु हुन्छन् र मेरो पनि आफ्नै तरीका छ । त्यहि तरीकाको नियमित पालना र अनुसरणका कारण आज म यो स्थानसम्म आइपुगेको छु ।’ त्यो हो, ‘मैले जे विषयका बारेमा अध्ययन गर्छु त्यो तुरुन्त टिपोट गर्दैै जान्छु । जे पढ्छु त्यसको नोट तुरुन्तै गर्छु । कहिँ कतै जाँदा बिर्सिहालेँ भनेपनि कपि निकालेर पुनरावलोकन गरिहाल्छु ।’ 

उनको यही सफलताको कारण गुलरियामा रहेको बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको प्रतिष्ठा पनि उच्च भएको छ । ए प्लस ग्रेडमा उनीसँगै अरु ३ जनाले प्राप्त गर्दा  विद्यालयको नतिजा जिल्लामा नै सर्वोत्कृष्ट भएकोले गर्दा निकै खुशी भएका छन् उनका गुरुगुरुआमाहरु अनि विद्यालय सम्बद्ध सम्पूर्ण व्यक्तित्वहरु । उनले यो नतिजा प्राप्त गरेपछि भने जिल्लाभित्र तथा जिल्ला बाहिरबाट उनलाई निःशुल्क पढाइदिने भनेर विभिन्न कलेज तथा स्कूलहरुबाट फोनहरु आएका छन् । 

सदरमुकाम, नेपालगञ्ज तथा काठमाडौंदेखि पनि उनलाई आफ्नो कलेज वा स्कूलमा पढ्न आउनका लागि जोडबल गरिएको छ । उनले नेपाल सरकारबाट कक्षा ११ पढ्दा पाइने छात्रवृत्तिको लगि फारम पनि भरिसकेका छन् । उनले राजधानीमा नै पढ्ने इच्छा भएकोले पनि त्यो फारम काठमाडौं जिल्ला शिक्षा कार्यालयमा बुझउने विचार गरेका छन् ।

इन्द्र भन्छन्, ‘म जे भएँ त्यो मेरो लगनशीलता हो । उत्सुकता जाग्यो भने त्यसैले नै सफलतातर्फ डो¥याउने रहेछ । त्यसैले यसका लागि मिहिनेतका साथ लाग्नु पर्दछ र हामीले आफ्नो लक्ष्यलाई कहिल्यै पनि विर्सनु हुँदैन । बाहिरी वातावरण जे जस्तो होस् आफूले लक्ष्यका साथ अगाडि बढ्यौ भने सफलता पाइने रहेछ भन्ने कुरा भएपनि लक्ष्य राखेर पढ्नुपर्ने रहेछ ।’


उनको भविष्यको लक्ष्य भनेको वन विशेषज्ञ वन्ने रहेको छ । अर्थात उच्च शिक्षा वन विज्ञान विषय लिएर अध्ययन गर्ने सोच बनाएका छन् । यस क्षेत्रमा काम गर्ने सक्षम मानिसहरुको अभाव भएको र आफ्नो रुचीको क्षेत्र पनि भएकोले वन विज्ञान पढ्ने इच्छा जागेको हो । धनी परिवारमा जन्मनु भन्दा यस्तै गरिब परिवारको सदस्य भएर जन्मनुमा मलाई गर्व छ, आज म जे छु मेरो परिवारको कारणले गर्दा छु । मेरो परिवार धनी भएको भए आज मैले संघर्ष के हो भन्ने कुरा बुझ्न पाउने नै थिइन र यो सफलता पनि प्राप्त गर्ने थिइन । 

गीत सङ्गीत पनि उत्तिकै मन पराउने इन्द्रलाई नेपाली लोकदोहोरी तथा आधुनिक गीतहरु उत्तिकै मन पर्ने बताउछन् । देशको प्रधानमन्त्री बनेमा पहिलो काम हुनेछ भन्ने सवालमा भने उनले शिक्षा क्षेत्रलाई जोड दिँदै भने, ‘मैले शिक्षालाई गुणस्तरीय र सर्वशुलभ बनाई एउटा विशेष कोष खडा गरी म जस्तै गरिब परिवारका विद्यार्थीहरुका लागि अध्ययनको व्यवस्था गर्न  एउटा अलग छात्रवृत्ति कोषको स्थापना गर्ने थिएँ । 

इन्द्रबहादुर चौधरीलाई हामी सबैको तर्फबाट हार्दिक बधाई सहित उच्च शिक्षा सफल रहोस भनी कामना । हेर्नुहोस् भिडियो :

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ