२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छत्तिस लाखको लागतमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण

२०७४, ९ असार शुक्रबार ०६:५३

असार ९, कञ्चनपुर । बर्सेनि नदीले भूक्षय गर्दै आएको कञ्चनपुरका नौ स्थानमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । 

मर्सिकोर नेपालको सहयोगमा एमरेड परियोजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले चालु आवमा स्थानीय समुदायको सहकार्यमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरेको हो ।

 ३६ लाख २०४ को लागतमा ९०० मिटर जैविक र १३१ मिटर ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । जसमध्ये परियोजनाअन्तर्गत दुवाहामा रु तीन लाख ५८ हजार २२०, विचपट्टीमा रु तीन लाख ५८ हजार २२०, पर्सियामा रु २० लाख १८, तिलकिमा रु तीन लाख ५८ हजार २२०, पिपलाडीमा रु चार लाख १८ हजार २२० र कृष्णपुरको कटानमा रु दुई लाख १८ को लागतमा जैविक तटबन्ध निर्माण गरिएको परियोजनका अधिकृत महेश घिमिरेले बताउनुभयो । जसबाट प्रत्यक्ष रुपमा चार हजार बढी परिवार लाभान्वित भएका छन् । 

यसैगरी, दुवाहामा ४८ मिटर लम्बाइको रु नौ लाख २४ हजार ६२६, सिकलपट्टीमा ४८ मिटर लम्बाइको रु पाँच लाख ८५ हजार ९४५ र सत्यालफाँटामा ३५ मिटर लम्बाइको रु एक लाख ९६ हजार ७१५ को लागतमा ढुङ्गा तारजालीको तटबन्ध निर्माण गरिएको अधिकृत घिमिरेले बताउनुभयो । 

दोदा, बनहरा र सनवोरा नदीमा निर्माण गरिएका जैविक तटबन्ध र ढुङ्गा तारजालीको तटबन्ध निर्माणका लागि परियोजनाले रु २० लाख २३ हजार ५६९, समुदायको रु सात लाख ९० हजार ७०४, स्थानीय तहको रु दुई लाख ६० हजार १३० र अन्य सहयोगी संस्थाको रु पाँच लाख २५ हजार ७९९ रकम सहयोग रहेको छ । जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण भएपछि बर्सेनि जग्गा कटानको समस्याबाट पीडित रहँदै आएका बासिन्दाको जग्गाको सुरक्षा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल