३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-एमाले सरकारको ९८ औं दिन: मुख्य दोषी जिवि राई अझै पक्राउ परेनन्

३ कार्तिक २०८१, शनिबार ०८:२१

काठमाडौँ । सनिबारसम्म सरकार गठन भएको ९८ औं दिन पुगेको छ । गत असार ३० गते प्रमुख दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

त्यस अघि एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी सहितको संयुक्त सरकारले ४ महिना सरकार चलाएको थियो । तात्कालिन समयमा नेपाली कांग्रेस तथा नेकपा एमालेले सहकारी ठगि प्रकरणका मुख्य दोषी जिबि राई पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्ने गरेका थिए । तर बर्तमान समयमा एमाले/कांग्रेस आफैले संयुक्त सरकार संचालन गरिरहँदा अझै जीवी राईको अत्तोपत्तो छैन ।

दुई तिहाईकै बलियो सरकार रहेको अवस्थामा एमाले-कांग्रेस संयुक्त सरकार धेरै पक्षमा आलोचित बन्दै गएको छ । पछिल्लो समय एमाले आफै भाटभटेनीका संचालकले पार्टी कार्यालय बनाउन करोडौंको जग्गा दान दिएको प्रकरणमा आलोचित बनिरहेको छ । त्यसो त एमाले-कांग्रेसबाट मन्त्रीमा नियुक्त भएकाहरुले समेत जनमुखी काम गर्न नसकेको सम्बन्धमा सरकार पक्षमै आलोचना छ ।

शुक्रबार सरकारले सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछाने संसदीय छानबीन समितिबाटै सहकारी ठगि प्रकरणमा जोडिएको नदेखिएको भन्दै क्लिन चिट पाईसकेका व्यक्ति हुन् । संसदीय छानबीन समितिको प्रतिवेदन अनुसार सहकारी ठगिमा लामिछाने असम्बन्धित व्यक्ति हुन् । लामिछानेले जीबी राई मार्फत गोर्खा मिडियामा आएको रकम चलाएको बताइएको छ । तर कांग्रेस एमाले पक्षको राजनीतिक दाउपेचको इगोको कारण एकोहोरो रटानमा सहकारीको मुख्य ठग जीबी राई नभएर रवि लामिछाने हुन् जस्तै बनाई प्रचारबाजी गर्दै आएका छन् ।

पछिल्लो पटक जिबी राईका साढु दाई र आफ्नै दाईलाई समेत पक्राउ पुर्जी जारी गरेको अवस्थामा यस प्रकरणका मुख्य दोषी जिवि राई पक्राउमा सरकार मौन छ ।

सरकारको गृहमन्त्रीमा रवि लामिछाने हुँदाका बखत पटक-पटक नेपाली कांग्रेसका नेता गगन थापाले जीबी राई पक्राउ नपरेको भन्दै संसदबाटै सरकारको चर्को आलोचना गर्ने गरेका थिए तर अहिले आफ्नै पार्टी सहितको सरकार बनेको तीन महिना बढी भई सक्दा समेत गगन आफै मौन छन् । अहिले न संसदमा न मिडियामा गगनलाई जीबी राई पक्राउको विषय चासोको विषयमा छैन । बरु भित्र भित्रै गगनकै योजनामा रवि पक्राउ नगरिए सरकार ढाल्ने चेतावनी पाएर सरकारले रवि लामिछाने पक्राउ गरेको आरोप छ ।

त्यसो त राजनीतिक वृतमा चर्चा भए अनुसार राजनीतिक इगो साध्न कांग्रेस-एमाले संयुक्त सरकारले जिबि राई पक्राउ गर्न चासो नदिई रवि लामिछाने सिध्याउने दाऊमा लागेको आरोप छ । त्यसो त भाटभटेनी मार्फत जग्गा दान पाएको एमालेले आफू बिरुद्ध भईरहेको आलोचनालाई डाइभर्ट गर्न लामिछाने पक्राउ गरेको बुझिएको छ । अर्को तर्फ कांग्रेसको सहकार्यमा सरकार बनेको अवस्थामा कांग्रेसका केहि नेताहरुले रवि लामिछाने पक्राउ नगरिए सरकारलाई दिएको समर्थनबाट पछि हट्नेसम्मको धम्कि दिएको कारण प्रधानमन्त्री ओलीले बाध्य भएर रवि लामिछाने पक्राउ गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया सरकारले बढ्यो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा