असार ९, काठमाडौँ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, काठमाडौँ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानले सौता हालेपछि तनावमा परेको बताउने शान्तीले युएईमा आत्महत्या गरिन्

९ असार २०७४, शुक्रबार ११:३४

असार ९, काठमाडौँ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

गएको शनिबार दिउँसो आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । साबियामा रहेको मजदुर क्याम्पको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा शान्तीको शव फेला परेको कम्पनीले जनाएको छ । 

शान्ती आबुधाबीको एक विद्यालयमा सरसफाइको काम गर्थिन् । शनिबार रमादानका कारण छुट्टि भएकाले उनी काममा गएकी थिइनन् । उनका अन्य सहकर्मी भने काममा गएका थिए । कामबाट फर्कदा झुण्डिएको अवस्थामा देखेपछि उनीहरुले नै क्याम्प व्यवस्थापनलाई खबर गरेका थिए । 

सोही कम्पनीमा केही समय अघि दुई नेपाली महिलाको ज्यान गएको थियो । कम्पनीमा झण्डै तीन सय नेपाली कार्यरत छन् । यसअघि त्यहाँ कार्यरत एक सय ३५ जना कामदार समस्यामा परेका थिए । उनीहरु मध्ये ७५ जना नेपाल फर्किएका छन् । कामदार समस्यामा परेपछि नेपाली दूतावासले यसअघि कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको थियो । 

आत्महत्या भएको पुष्टि, कारण अझै खुलेन: दूतावास 

शान्तीले आत्महत्या गरेको आबुधाबी हेल्थ अथोरिटीले पुष्टि गरेको कम्पनीलाई उधृत गर्दै दूतावासले जनाएको छ । 

घटनास्थलबाट दूतावासबाट ५० किलिमोटरको दूरीमा छ । घटनाबारे सञ्चारकर्मीले जानकारी गराए पछि दूतावासले कम्पनीमा सम्पर्क गरेर थप विवरण मागेको थियो । मृतकको परिवारसँग नियमित सम्पर्क भएको र कानूनी प्रक्रिया पूरा गरेर चाँडै शव नेपाल पठाइने दूतावासका प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो ।

इदको अवसरमा केही दिन सार्वजनिक बिदा परेकोले शव नेपाल पठाउन अझै केही दिन ढिला हुन सक्ने उहाँको भनाइ छ । आत्महत्याको कारण अनुसन्धानकै क्रममा रहेको दूतावासले जनाएको छ । 

श्रीमानले कान्छी ल्याएपछि आत्महत्या : सहकर्मी, दोस्रो श्रीमती ल्याएको छैन: आफन्त

श्रीमानले अर्की श्रीमती ल्याएको गुनासो गर्ने शान्ती जहिल्यै तनावमा देखिने गरेको सहकर्मीहरुको भनाइ छ । 

मानसिक तनाव थेग्न नसकेर उहाले आत्महत्या गरेको हुन सक्ने उनीहरुले बताएका छन् । तर अहिलेसम्म आत्महत्या गर्नुको कारण भने पुष्टि भएको भएको छैन । थोरै तलब भए पनि उनले कमाएको पैसा नेपालमा रहेका श्रीमानलाई पठाउने गर्थिन् । 

शान्तीले आफ्ना सहकर्मीलाई गुनासो गरे जस्तो उनका श्रीमानले अर्की श्रीमती भने नल्याएको युएईको रसअलखेमामा कार्यरत मृतककी आमाजु दिदी सीता फूयाँलले उज्यालोलाई जानकारी दिनुभयो । ‘भाइ  पहिले मलेसियामा काम गथ्र्यो,’ उहाँले भन्नुभयो ‘भाइको सल्लाहमै शान्ती र उनकी माइजु एउटै कम्पनीमा तीन वर्ष अघि युएई आएका हुन् । भाइ बुहारीबिच नराम्रो सम्बन्ध थिएन ।’ -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान