असार ९, काठमाडौँ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, काठमाडौँ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

"/>

2026-09-24 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानले सौता हालेपछि तनावमा परेको बताउने शान्तीले युएईमा आत्महत्या गरिन्

असार ९, काठमाडौँ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

गएको शनिबार दिउँसो आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । साबियामा रहेको मजदुर क्याम्पको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा शान्तीको शव फेला परेको कम्पनीले जनाएको छ । 

शान्ती आबुधाबीको एक विद्यालयमा सरसफाइको काम गर्थिन् । शनिबार रमादानका कारण छुट्टि भएकाले उनी काममा गएकी थिइनन् । उनका अन्य सहकर्मी भने काममा गएका थिए । कामबाट फर्कदा झुण्डिएको अवस्थामा देखेपछि उनीहरुले नै क्याम्प व्यवस्थापनलाई खबर गरेका थिए । 

सोही कम्पनीमा केही समय अघि दुई नेपाली महिलाको ज्यान गएको थियो । कम्पनीमा झण्डै तीन सय नेपाली कार्यरत छन् । यसअघि त्यहाँ कार्यरत एक सय ३५ जना कामदार समस्यामा परेका थिए । उनीहरु मध्ये ७५ जना नेपाल फर्किएका छन् । कामदार समस्यामा परेपछि नेपाली दूतावासले यसअघि कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको थियो । 

आत्महत्या भएको पुष्टि, कारण अझै खुलेन: दूतावास 

शान्तीले आत्महत्या गरेको आबुधाबी हेल्थ अथोरिटीले पुष्टि गरेको कम्पनीलाई उधृत गर्दै दूतावासले जनाएको छ । 

घटनास्थलबाट दूतावासबाट ५० किलिमोटरको दूरीमा छ । घटनाबारे सञ्चारकर्मीले जानकारी गराए पछि दूतावासले कम्पनीमा सम्पर्क गरेर थप विवरण मागेको थियो । मृतकको परिवारसँग नियमित सम्पर्क भएको र कानूनी प्रक्रिया पूरा गरेर चाँडै शव नेपाल पठाइने दूतावासका प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो ।

इदको अवसरमा केही दिन सार्वजनिक बिदा परेकोले शव नेपाल पठाउन अझै केही दिन ढिला हुन सक्ने उहाँको भनाइ छ । आत्महत्याको कारण अनुसन्धानकै क्रममा रहेको दूतावासले जनाएको छ । 

श्रीमानले कान्छी ल्याएपछि आत्महत्या : सहकर्मी, दोस्रो श्रीमती ल्याएको छैन: आफन्त

श्रीमानले अर्की श्रीमती ल्याएको गुनासो गर्ने शान्ती जहिल्यै तनावमा देखिने गरेको सहकर्मीहरुको भनाइ छ । 

मानसिक तनाव थेग्न नसकेर उहाले आत्महत्या गरेको हुन सक्ने उनीहरुले बताएका छन् । तर अहिलेसम्म आत्महत्या गर्नुको कारण भने पुष्टि भएको भएको छैन । थोरै तलब भए पनि उनले कमाएको पैसा नेपालमा रहेका श्रीमानलाई पठाउने गर्थिन् । 

शान्तीले आफ्ना सहकर्मीलाई गुनासो गरे जस्तो उनका श्रीमानले अर्की श्रीमती भने नल्याएको युएईको रसअलखेमामा कार्यरत मृतककी आमाजु दिदी सीता फूयाँलले उज्यालोलाई जानकारी दिनुभयो । ‘भाइ  पहिले मलेसियामा काम गथ्र्यो,’ उहाँले भन्नुभयो ‘भाइको सल्लाहमै शान्ती र उनकी माइजु एउटै कम्पनीमा तीन वर्ष अघि युएई आएका हुन् । भाइ बुहारीबिच नराम्रो सम्बन्ध थिएन ।’ -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो