असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यक"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायीका अध्यक्षमा ढकालको उम्मेदवारी

१० असार २०७४, शनिबार ०२:४४


असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने भएको छ । 

शुक्रबार आयोजित उम्मेदवार घोषणासभामा ‘विमल ढकाल संयुक्त व्यवसायी समूह’का उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । सो समूहबाट प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाललाई उम्मेदवार बनाएको छ । 

ढकालको समूहलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरम, धौलाश्री समाज, वैदेशिक रोजगार ललितपुर समाज, तामाङ समाजलगायत सङ्घसंस्थाको सहयोग छ । 

यसअघि नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाजले तालमेल गरेर रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’को घोषणा गरिसकेका छन् । 

वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते हुने २५ औँ साधारणसभाबाट सङ्घको नयाँ नेतृत्व चयन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी