असार १०, काठमाडौँ । दुबईमा गाडी चलाउँदा ट्राफिक जरिवानामा परेर पनि तिर्नुभएको छैन भने अब जरिवानामा ५० प्रतिशत छुट हुने भएको छ ।
इयर अफ गिभिङको अवसरमा दुवईले ट्राफिक जरिवानामा ५० प्रतिशत छुट् दिने निर्णय गरेको हो । सन् २०१६ भन्दा अघि देखि ट्राफिक जरिवाना तिर्न बाँकी भएकाहरुले पनि यो अवसरमा ५० प्रतिशत छुट् पाउने छन् ।
जरिवाना अनलाइनबाट समेत तिर्न मिल्ने व्यवस्था गरिएको दुवई प्रहरीले जनाएको छ ।