८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड

५ कार्तिक २०८१, सोमबार १७:४६

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि आफ्नो सरकार ढालिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल जुम्लाले कनकासुन्दरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि सरकार ढालिएको बताएका हुन्।

‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्व कडा कदम चाल्यो। धमाधम भ्रष्टाचारी पक्रिन थाल्यो। भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि सरकार ढालियो। त्यसले बुढानिलकण्ठ र बालकोट डराए । रातारात सरकार ढालियो,’ उनले भने।

वर्तमान सरकार उल्टो दिशामा हिँडिरहेको आरोप लगाउँदै प्रचण्डले संसारभर कतै पनि दुई ठुला दल मिलेर सरकार बनाएको इतिहास नभएको बताए। उनले भने, ‘दुई ठुला दल मिलेपछि तेस्रो दल सरकारबाट बाहिएको हो, लोकतन्त्रमा यस्तो हुदैन। अन्य देशमा पनि दुई ठुला दल मिलेको ईतिहास छैन।’

ओली सरकारले रवि लामिछानेलाई हतारमा पक्रेको भन्दै उनले दोषी उम्काउन खोजेको आरोप लगाए। प्रमाणित भ्रष्टाचारीबाट जग्गादान लिने ओलीको नियत जनताले मूल्यांकन गरिरहेको उनको दाबी छ।

फरक प्रसंगामा पूर्वप्रधानमन्त्री प्रचण्डले कर्णाली आफ्नो प्राथमिकतामा रहेको दाबी गरे। नाग्म नाक्चेनाग्ला सडकलाई रणनीतिक रूपमा अघि बढाउने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो