पर्वत/कालीगण्डकी किनारमा रहेको माझी समुदायको सुकुम्बासी बस्तीका बासिन्दाले शनिबार देखि सोलारबत्तीको उज्यालोमा रातकाट्न पाउने भएका छन ।

सामाजि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत/कालीगण्डकी किनारमा रहेको माझी समुदायको सुकुम्बासी बस्तीका बासिन्दाले शनिबार देखि सोलारबत्तीको उज्यालोमा रातकाट्न पाउने भएका छन ।

सामाजि"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुकुम्बासी माझी बस्तीमा सोलारबत्तीको उज्यालो

१० असार २०७४, शनिबार १३:२१

पर्वत/कालीगण्डकी किनारमा रहेको माझी समुदायको सुकुम्बासी बस्तीका बासिन्दाले शनिबार देखि सोलारबत्तीको उज्यालोमा रातकाट्न पाउने भएका छन ।

सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ पर्वतले पर्वतको मालढुङ्गामा रहेको माझी बस्तीमा सोलार बत्ती हस्तान्तरण गरेपनि उनीहरुले उज्यालोमा रात काट्न पाएका हुन ।

majhi basti ma solar (1)

नदी किनारमा बालुवा चालेर र बगुंर सुगुर पालेर जीबिकोपार्जन गर्दै आएको माझी बस्तीमा १८ परिवार लाई १८ थान सोलार लाईट एक कार्यक्रमका माझ हस्तान्तरण गरेको क्लबले जनाएको छ । गतबर्ष कालीगण्डकीको बाढी र घरमा क्लबले जनाएको छ ।

बिगत देखि नै माझी बस्तीमा रोटरीको सहयोग प्राप्त भैरहेकोमा स्थानिय गणेश माझीले बताए । पहिरोले घरबास उठाउँदा आवास बनाउने देखि आयआर्जन र अन्य काममा पनि सहयोग पुगेकोले आगामी दिनमा यस्तै सहयोग जारी राख्न उनले अनुरोध पनि गरे । करिव ३ हजार ५ सय मुल्य बरावरको उक्त सोलार लाईटबाट १ सय वाट क्षमतामा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र रेडियो बजाउन समेत उपयोगी भएको क्लबले जनाएको छ ।

गतबर्ष कालीगण्डकीको बाढी र घरमाथि पाङ्गबाट झरेको पहिरोले घरबास उठाएपछि कतिपय परिवार ओढारमा समेत बस्दै आएका छन । ‘बाढी पहिरोबाट पिडीत सुकुम्बासी परिवारलाई उज्यालोको सुबिधा पुगोस भनेर सोलारबत्ती हस्तान्तरण गरिएको हो’ रोटरी क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेलले भने ‘नदी किनारमा अध्याँरोमा रात काट्ने अवस्थालाई थोरै भए पनि राहत पुगेको छ’ 

उक्त सोलार लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले रोटरी क्लब पर्वतले समाजका हरेक संबेदनसिलतामा आफ्नो उपस्थिति देखाउने गरेको भन्दै सोलार लाईट हस्तान्तरण पनि एक उत्कृष्ट कार्य भएको बताए । उपयुुक्त स्थान मा उपयुुक्त सामग्री छनोट गरेकोमा खुसी ब्यक्त गर्दै सामाजिक क्षेत्रमा यसरी नै कृयाशिल बनिरहनेमा आफु बिश्वस्त रहेको पनि उनको भनाई थियो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष शिव शर्मा पौडेलको स्वागत , उपाध्यक्ष केदारनाथ शर्माको धन्यवाद ज्ञापन र पुर्व अध्यक्ष प्रेम प्रशाद पौडेलको संचालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट