८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी

८ कार्तिक २०८१, बिहीबार १७:३६

काठमाडौँ | नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नसक्ने भन्दै सुनुवाइ आइतबारका लागि सरेको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो, तर न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको हो।

रिट दायर गर्ने अधिवक्ता ज्ञानबहादुर बस्नेतले अन्तरिम आदेशमार्फत गुरुङले एमालेलाई दान गरेको जग्गा बदर गर्न माग गरेका थिए। सुरुमा सर्वोच्च प्रशासनले उक्त रिटलाई दर्ता गर्न अस्वीकार गरी दरपिठ गरेको थियो। दरपिठविरुद्ध निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो, जसअनुसार बुधबार रिट दर्ता भएको थियो।

सुनुवाइको पहिलो पेसी बिहीबारका लागि तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा नहेर्ने निर्णय गरेपछि आइतबार नयाँ न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ। सुवेदीले यसअघि ललिता निवास जग्गा प्रकरणमा गुरुङसँग जोडिएको मुद्दा हेरेकाले यो मुद्दा नहेर्ने बताए।

ललिता निवास प्रकरणमा गुरुङलाई सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा कर्तव्य गर्न कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। गुरुङले त्यसविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि न्यायाधीश सुवेदी र प्रकाश ढुङ्गानाको इजलासले गुरुङको गिरफ्तारीलाई गैरकानुनी ठहर गर्न नमिल्ने निर्णय गर्दै निवेदन खारेज गरेका थिए।

व्यवसायी गुरुङले २०८१ असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि दान गर्ने घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास गरेका थिए।

रिटमा, मुलुकको कार्यकारी पदमा बसेका नेताले विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिएको घटनालाई भ्रष्टाचारको संज्ञा दिँदै दान बदर गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस्