पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ । 

यो मुस्ताङ ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ । 

यो मुस्ताङ ज"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे हुदै

१२ असार २०७४, सोमबार ०२:४३

पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ । 

यो मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक हुनेछ। ठेकेदार र प्राविधिकको अनुरोधमा कालोपत्रेका लागि डेढ महिना सडकमा सवारी आवगमनमा रोक लगाइएको छ।

मुस्ताङका प्रजिअ रामचन्द्र तिवारीको रोहवरमा भएको सर्वपक्षीय भेलाले यात्रुको सहजताका लागि वैकल्पिक रुट मिलाउने निर्णय गरेको छ ।  धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले संभावित आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै बैकल्पिक रुटको रुपमा कागेबेनी झोङ पुटाक सडकलाई सामान्य स्तरोन्नति गरेर सुचारु गरिने जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले जानकारी दिए। निर्माण कम्पनीले नै वैकल्पिक रुटको स्तरोन्नती थालेको छ।

निर्माण कन्ट्रक्सनका प्राविधिज्ञ अनिल कुमार चौधरीका अनुसार शुक्रबारदेखि आईतबारसम्म बैकल्पिक सडकको स्तरोन्नती हुनेछ। सो रुट संञ्चालन भएपछि मात्रै कालोपत्रे निर्माणको काम थालिने उनले बताए। ‘हामी अहोरात्र कालोपत्रे निर्माणमा खटिने छौँ, प्राविधिक, निर्माण सामाग्री र पर्याप्त जनशक्ति छ’ चौधरीले      भने ।

तोकिएको ४५ दिनको अवधिमा १२ देखि १४ घण्टा समय खर्चिएर भएपनि समयमै सडक हस्तान्तरण हुने उनले बताए। सो सडकका प्राविधिज्ञ अनिल ढुङ्गानाले कालोपत्रेको      तयारीका लागि टिपर ५ वटा, भ्याकु लोडर २, ट्रयाक्टर ५, पानी ट्याङ्कर २, ग्रेडर १ र रोलर २ वटा मौजुद रहेको जानकारी दिए।

‘हामीसँग १५० को संख्यामा जनशक्ति छ, अन्य आवश्यक इन्धन पर्याप्त छ’ उनले भने ‘कालोपत्रेका लागि सडकमा सबै तयारी पुरा भएको छ।’ जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले वर्षातको समय कालोपत्रे मौसम अनुकुल नभएपनि मुस्ताङमा मौसमको तापक्रम र पानी नपर्ने भएकाले कालोपत्रे गर्न असहज नहुने बताए। उनले कालोपत्रेका लागि कंक्रिट र अलकत्रको समिश्रण गर्ने क्रममा कम्तिमा १६ डिग्री तापक्रम आवश्यक पर्ने र कालापत्रे बिच्छ्याईसकेको अवस्थामा १६५ डिग्री तापक्रम जरुरत पर्ने बताए।

तिवारीले असार १२ देखि साउन २७ सम्म कालोपत्रे सक्ने अवधि तोकिएको बताए। उनका अनुसार कागबेनी मूक्तिनाथ कालोपत्रे सडकको साईज ३.७५ मिटर, दुईतर्फी पेटीको साईज ०.७५ मिटर र सडक नालीको साईज १ मिटरको रहने छ । ग्रामिण पुर्न्निर्माण तथा पुर्नस्थापना डोलिडारको आयोजनामा सडकको निर्माण कार्य २ वर्षअघि सुरु गरिएको हो। उक्त १२ किमी सडक कालोपत्रेका लागि दुई खण्ड गरी करिव २० करोड लगानी हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट