३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान

१३ कार्तिक २०८१, मंगलवार १३:१४

बेरुत । इजरायली सेनाले लेबनानको पूर्वी बेक्का उपत्यकामा गरेको आक्रमणमा परेर कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

मर्नेमा २ जना बालबालिका पनि भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायलले सो आक्रमणमा बालबेक क्षेत्रका १२ स्थानमा निशाना बनाएको अधिकारीहरूले बताएका छन् ।

यस क्रममा अरू ५८ जना घाइते भएको मन्त्रालयको भनाई छ । उद्धार कार्य जारी रहेको भन्दै बीबीसीले समाचार छापेको छ । बालबेक क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ । यस विषयमा इजरायली सेनाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

गएको पाँच हप्ता यता इजरायलले हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारमा लक्षित बनाएको भन्दै लेबनानभरि हजारौँ हवाई आक्रमण गरिसकेको छ । पछिल्लो आक्रमणलाई बालबेकका गभर्नर बाची खोद्रले गएको महिना इजरायलले हिजबुल्लाहविरुद्ध युद्ध चर्काएयताको सो क्षेत्रमा गरेको सबैभन्दा विध्वंसक आक्रमण भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली