९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिकनिक खाएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता छात्राको शव फेला

१६ कार्तिक २०८१, शुक्रबार १४:१७

नवलपुर | गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु-२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका-४ लुस्लहरीकी बिपना मुग्लिनबाट बेपत्ता भएकी थिइन् ।

बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याई पोष्टमार्ट गरिएको र शव बिपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कँदै थिए । फर्कने क्रममा नारायणघाट–बुटवल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी बिपना त्यसपछि बेपत्ता भएकी थिइन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं