२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका चार तहमा कांग्रेसको अग्रता, पछिल्लो मत परिणामसहित

२०७४, १५ असार बिहीबार १४:०२

दिपक अनुरागी/असार १५, कपिलवस्तु । कपिलवस्तुका १० वटै स्थानीय तहको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक भएको मतपरिणाम अनुसार वाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनबाट मेयरमा उम्मेद्वार हुनुभएका मंगल थारुले ४ सय १६ मत प्राप्त गर्नुभएको छ, भने माओवादीका उपमेयर टोपनारायण बेल्वासेले ३ सय ८ मत प्राप्त गर्नुभएको छ ।

एमालेका मेयरकी उम्मेद्वार विमला घिमिरेले ३ सय ३२ मत प्राप्त गर्नुभएको छ भने उपमेयरका उम्मेदवार चक्रपाणि अर्यालले ३ सय ५६ मत ल्याउनुभएको छ ।

कुनै दल विच घोषित रुपमा गठबन्धन नभएको कपिलवस्तु नगरपालिकामा कांग्रेसका मेयर किरण सिंहले २ सय ७७ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।  उपप्रमुख लक्ष्मी कशौधनले २ सय ६ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्रका मेयर रामदास गुप्ताले १ सय ४४ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्रका उपमेयर बासुदेव कशौधनले १ सय २९ मत पाउनुभएको छ ।

बुद्धभुमि नगरपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसबाट मेयरका उम्मेद्वार केशव कुमार श्रेष्ठले २ सय २७ मत ल्याउनुभएको छ भने उपमेयर सावित्रा थारुले १ सय ९२ मत प्राप्त गर्नुभएको छ । मेयरमा एमालेका रुपेश श्रेष्ठले १ सय ८५ मत ल्याउनुभएको छ । उपमेयरमा मञ्जु चौधरीले १ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

शिवराज नगरपालिकामा एमालेका मेयर नेत्रराज अधिकारीले ५ सय ८४ मतले अगाडी रहनुभएको छ । उपमेयरमा शिवकुमारी थारुले ५ सय ८१ मत ल्याउनुभएको छ । फोरम लोकतान्त्रिकका मेयर शतिश कुमार गुप्ताले ४ सय ९९ सय मत ल्याउनुभएको छ ।

महरागञ्ज नगरपालिकामा स्वतन्त्र मेयर दिर्घ नरायण पाण्डेले ३ सय २६ मत प्राप्त गरि अग्रस्थानमा रहनुभएको छ । नेपाली कांग्रेसका मेयर अब्दुल कलामले २ सय मत ल्याउनुभएको छ ।

कृष्णनगर नगरपालिकामा राप्रपाका मेयर श्याम कुमार मिश्रले १ सय ५ मत ल्याउनुभएको छ । स्वतन्त्रका मेयर रजत प्रताप शाहले ४६ मत पाउनुभएको छ ।

जिल्लाका चार गाउपालिका मध्ये शुद्धोधन गाउपालिकामा कांग्रेसका प्रमुख विशम्भर कुर्मीले १ सय ८१ मत पाउनुभएको छ । एमालेका प्रमुख अब्दुल मोजीव खाले १ सय ७१ मत पाउनुभएको छ । यसैबिच मतगणनाको क्रममा घटिएका कर्मचारीले नियतवस मतगणनामा धाधली गरि काङ्ग्रेसको पक्षमा १३ मत बढाएको भन्दै एमालेका प्रतिनिधिले उरुरी गरेपछि सबै मत पुनः गणना गर्ने गरी त्यहाँ सहमती भएको छ ।

मतगणनामा घटिएका दुई जना कर्मचारीले धाधली गरेको एमालेले आरोप लगाए पछि निर्वाचन अधिकृत गंगाराम आचार्यले तिनीहरुलाई फिर्ता बोलाउनुभएको छ ।

विजयनगरमा स्वतन्त्रका प्रमुख जानकी प्रसाद यादवले ७४ मत प्राप्त गर्नुभएको छ । एमालेका प्रमुख गोपाल थापाले ६४ मत ल्याउनुभएको छ ।

यशोधरा गाउपालिकामा भने माओबादी केन्द्रका रामदेव कलवारले ६९ मत ल्याई अगाडी हुनुहुन्छ । नेपाली कांग्रेसका गिरिजेश पाण्डेले ६२ मत ल्याउनुभएको छ ।

मायादेवी गाउपालिकामा संघिय समाजबादी फोरमका प्रमुखले ३१ मत ल्याउनुभएको छ । बहुजन शक्ति पार्टिले १३ मत ल्याएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ