2026-10-31 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका चार तहमा कांग्रेसको अग्रता, पछिल्लो मत परिणामसहित

दिपक अनुरागी/असार १५, कपिलवस्तु । कपिलवस्तुका १० वटै स्थानीय तहको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक भएको मतपरिणाम अनुसार वाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनबाट मेयरमा उम्मेद्वार हुनुभएका मंगल थारुले ४ सय १६ मत प्राप्त गर्नुभएको छ, भने माओवादीका उपमेयर टोपनारायण बेल्वासेले ३ सय ८ मत प्राप्त गर्नुभएको छ ।

एमालेका मेयरकी उम्मेद्वार विमला घिमिरेले ३ सय ३२ मत प्राप्त गर्नुभएको छ भने उपमेयरका उम्मेदवार चक्रपाणि अर्यालले ३ सय ५६ मत ल्याउनुभएको छ ।

कुनै दल विच घोषित रुपमा गठबन्धन नभएको कपिलवस्तु नगरपालिकामा कांग्रेसका मेयर किरण सिंहले २ सय ७७ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।  उपप्रमुख लक्ष्मी कशौधनले २ सय ६ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्रका मेयर रामदास गुप्ताले १ सय ४४ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्रका उपमेयर बासुदेव कशौधनले १ सय २९ मत पाउनुभएको छ ।

बुद्धभुमि नगरपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसबाट मेयरका उम्मेद्वार केशव कुमार श्रेष्ठले २ सय २७ मत ल्याउनुभएको छ भने उपमेयर सावित्रा थारुले १ सय ९२ मत प्राप्त गर्नुभएको छ । मेयरमा एमालेका रुपेश श्रेष्ठले १ सय ८५ मत ल्याउनुभएको छ । उपमेयरमा मञ्जु चौधरीले १ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

शिवराज नगरपालिकामा एमालेका मेयर नेत्रराज अधिकारीले ५ सय ८४ मतले अगाडी रहनुभएको छ । उपमेयरमा शिवकुमारी थारुले ५ सय ८१ मत ल्याउनुभएको छ । फोरम लोकतान्त्रिकका मेयर शतिश कुमार गुप्ताले ४ सय ९९ सय मत ल्याउनुभएको छ ।

महरागञ्ज नगरपालिकामा स्वतन्त्र मेयर दिर्घ नरायण पाण्डेले ३ सय २६ मत प्राप्त गरि अग्रस्थानमा रहनुभएको छ । नेपाली कांग्रेसका मेयर अब्दुल कलामले २ सय मत ल्याउनुभएको छ ।

कृष्णनगर नगरपालिकामा राप्रपाका मेयर श्याम कुमार मिश्रले १ सय ५ मत ल्याउनुभएको छ । स्वतन्त्रका मेयर रजत प्रताप शाहले ४६ मत पाउनुभएको छ ।

जिल्लाका चार गाउपालिका मध्ये शुद्धोधन गाउपालिकामा कांग्रेसका प्रमुख विशम्भर कुर्मीले १ सय ८१ मत पाउनुभएको छ । एमालेका प्रमुख अब्दुल मोजीव खाले १ सय ७१ मत पाउनुभएको छ । यसैबिच मतगणनाको क्रममा घटिएका कर्मचारीले नियतवस मतगणनामा धाधली गरि काङ्ग्रेसको पक्षमा १३ मत बढाएको भन्दै एमालेका प्रतिनिधिले उरुरी गरेपछि सबै मत पुनः गणना गर्ने गरी त्यहाँ सहमती भएको छ ।

मतगणनामा घटिएका दुई जना कर्मचारीले धाधली गरेको एमालेले आरोप लगाए पछि निर्वाचन अधिकृत गंगाराम आचार्यले तिनीहरुलाई फिर्ता बोलाउनुभएको छ ।

विजयनगरमा स्वतन्त्रका प्रमुख जानकी प्रसाद यादवले ७४ मत प्राप्त गर्नुभएको छ । एमालेका प्रमुख गोपाल थापाले ६४ मत ल्याउनुभएको छ ।

यशोधरा गाउपालिकामा भने माओबादी केन्द्रका रामदेव कलवारले ६९ मत ल्याई अगाडी हुनुहुन्छ । नेपाली कांग्रेसका गिरिजेश पाण्डेले ६२ मत ल्याउनुभएको छ ।

मायादेवी गाउपालिकामा संघिय समाजबादी फोरमका प्रमुखले ३१ मत ल्याउनुभएको छ । बहुजन शक्ति पार्टिले १३ मत ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय