२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश

२ मंसिर २०८१, आईतवार १२:५५

काठमाडौँ | रुसी अदालतले श्रम इजाजतबिना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको छ। ती विद्यार्थीहरूलाई मस्कोबाट ६० किलोमिटर टाढा रहेको शाखा रवाहस्थित डिपोर्टेशन सेन्टरमा राखिएको छ।

विद्यार्थी भिसामा रुस पुगेका उनीहरूले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै रुसका अध्यागमन अधिकारीहरूले कार्तिक १४ गते मस्कोको कुजमिन्कीस्थित वान एक्स बेट नामक जुवा खेलाउने कम्पनीबाट पक्राउ गरेका थिए। तीमध्ये १२ जना महिला विद्यार्थी रहेका छन्।

गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार, ती विद्यार्थीहरूले विश्वविद्यालयबाट पढिरहेको प्रमाणपत्र र कामको लागि आवश्यक करारपत्र प्रस्तुत गर्न नसकेकाले अदालतले डिपोर्ट गर्ने फैसला गरेको हो। तिमल्सिनाले भने, ‘विद्यार्थी भिसाले बस्ने अनुमति भए पनि काम गर्न छुट छैन। काम गर्न श्रम इजाजत र कम्पनीसँगको करारपत्र अनिवार्य छ। यी कागजात भए, डिपोर्ट रोक्न कानुनी प्रक्रिया थाल्न सकिन्थ्यो।’

ती विद्यार्थीहरू तीन महिनादेखि डेढ वर्षअघि रुस पुगेका थिए। तर, श्रम नियम उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ। यस फैसलासँगै उनीहरूले पाँच वर्षसम्म रुसमा प्रवेश गर्न पाउने छैनन्।

रुसमा एजेन्टको मिलोमतो र विद्यार्थीको बिचल्ली
गैरकानुनी काम गर्ने उद्देश्यले विद्यार्थी भिसाको आवरणमा काम गर्न पठाउने एजेन्टहरूको गतिविधिले नेपाली युवाहरूलाई जोखिममा पारेको अध्यक्ष तिमल्सिनाको भनाइ छ। ‘रुसमा श्रम नियम कडा छ। जस कम्पनीले वर्क परमिट जारी गर्छ, सोही कम्पनीमा मात्रै काम गर्न पाइन्छ। अन्यत्र काम गर्दा अध्यागमनले तुरुन्त कारबाही गर्छ,’ उनले भने।

दुई वर्षअघि पनि १५ जना नेपाली विद्यार्थीलाई श्रम नियम उल्लंघनको आरोपमा जेलमा राखेर डिपोर्ट गरिएको थियो। तिमल्सिनाले रुसलाई ट्रान्जिट बनाउँदै नेपाली युवाहरूलाई अवैध रूपमा पठाउने कार्य तत्काल रोक्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता?