९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट बिहेको प्रलोभन देखाउँदै २७ लाख ठगी गर्ने युवक पक्राउ

२ मंसिर २०८१, आईतवार १७:३५

काठमाडौं | तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौंको चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ फेसबुकमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चन्द्रागिरीस्थित हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो।

तामाङले फेसबुकमा विभिन्न युवतीसँग मित्रता गाँस्दै आफूलाई “सिंगापुरे लाहुरे” भनेर परिचय दिन्थे। उनले बिहे गरे सिंगापुर लैजाने प्रलोभन देखाई युवतीहरूलाई विश्वासमा पार्ने प्रयास गर्थे। आफ्नो विश्वासयोग्यता देखाउन उनले नक्कली कागजातसमेत पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तामाङले युवतीहरूलाई “कागजात बनाउनुपर्छ” भन्दै नगद तथा चेकको माध्यमबाट पटक-पटक गरी २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेका छन्।

प्रहरीले तामाङको यो ठगी प्रकरणमा अन्य व्यक्तिहरू पनि पीडित हुन सक्ने आशंका गर्दै सम्पर्क गर्न अनुरोध गरेको छ। ठगीका घटना बढिरहेका कारण प्रहरी प्रशासनले सतर्क रहन आग्रह गरेको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधिबाट सचेत रहन अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो