Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट बिहेको प्रलोभन देखाउँदै २७ लाख ठगी गर्ने युवक पक्राउ

२०८१, २ मंसिर आईतवार १७:३५

काठमाडौं | तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौंको चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ फेसबुकमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चन्द्रागिरीस्थित हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो।

तामाङले फेसबुकमा विभिन्न युवतीसँग मित्रता गाँस्दै आफूलाई “सिंगापुरे लाहुरे” भनेर परिचय दिन्थे। उनले बिहे गरे सिंगापुर लैजाने प्रलोभन देखाई युवतीहरूलाई विश्वासमा पार्ने प्रयास गर्थे। आफ्नो विश्वासयोग्यता देखाउन उनले नक्कली कागजातसमेत पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तामाङले युवतीहरूलाई “कागजात बनाउनुपर्छ” भन्दै नगद तथा चेकको माध्यमबाट पटक-पटक गरी २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेका छन्।

प्रहरीले तामाङको यो ठगी प्रकरणमा अन्य व्यक्तिहरू पनि पीडित हुन सक्ने आशंका गर्दै सम्पर्क गर्न अनुरोध गरेको छ। ठगीका घटना बढिरहेका कारण प्रहरी प्रशासनले सतर्क रहन आग्रह गरेको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधिबाट सचेत रहन अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश