दिपक अनुरागी/असार १७, कपिलवस्तु । दोस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गतको मत परिणाम घोषणा हुने क्रम सगै बिजय जुलुस निकाल्ने प्रतिस्पर्धा चलेको छ । यसै क्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार १७, कपिलवस्तु । दोस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गतको मत परिणाम घोषणा हुने क्रम सगै बिजय जुलुस निकाल्ने प्रतिस्पर्धा चलेको छ । यसै क्रम"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वडा अध्यक्षको खुसीयालीमा कपिलवस्तुका दिनभर गाउँसहर गुञ्जिए

२०७४, १७ असार शनिबार १३:५१


दिपक अनुरागी/असार १७, कपिलवस्तु । दोस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गतको मत परिणाम घोषणा हुने क्रम सगै बिजय जुलुस निकाल्ने प्रतिस्पर्धा चलेको छ । यसै क्रममा कपिलवस्तुको वाणगगा, शिबराज, बुद्धभुमि लगायका नगरपलिकामा चुनाव जितेका बडा अध्यक्षहरुले भव्य रुपमा बिजय जुलुस सहित बडा परिक्रमा गरेका छन् ।

वाणगंगा नगरपालिमा पहिलो जित हासिल गर्न नेपाली कांग्रेस सफल भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट नेपाली कांग्रेसकी महिला नेतृ बालकुमारी अधिकारीले बडा अध्यक्ष सहित सम्पुर्ण प्यानलमै चुनाव जिते पछि वाणगंगामा राजनितिक तरङ पैदा भएको छ ।

बाहिर बाट हेर्दा एमालेको राम्रो पकड मानिने वाणगगामा समाजसेवी शकर पाण्डे भन्दा ६३ मत बढी ल्याएर पहिलो जित हासिल गर्न सफल भए पछि बाल कुमारी अत्न्यतै उत्साहित हुनु भएको छ ।

वाणगगामा नेपाली कांग्रेसले बडा नम्बर १ , ४ , ५ , ९  र १० लगायतका बडामा चुनाव जित्ने आकंलन एमाले नेतृत्वले गरेको भए पनि बडा नम्बर १ मा स्थापित समाजसेवि शकर पाण्डेले एक्लै भए पनि जित हासिल गर्नेमा एमाले पंक्ती लगभग बिश्वस्त थियो । 

वाणगंगाका  अन्य बडामा वडा अध्यक्षको लागि कांग्रेस भित्र तिव्र प्रतिस्पर्धा भएपनि वडा नम्बर १ मा अधिकारी सर्वसहमत जस्तै उम्मेदवारी पाउनु भएको थियो । सिंगो वाणगगालाई चकित पार्दै नेपाली कांग्रेसले  जिते पछि जुलुस पनि भव्य रुपमा निकालेको छ ।

कपिलवस्तुमा सार्वजनिक भएको स्थानीय तहको परिणाममा महिला उम्मेद्वारले जितेको यो नै अहिले सम्मको पहिलो हो । बिजय ¥यालीपछि संञ्चारकर्मी समक्ष संक्षिप्त कुराकानी गर्दै अधिकारीले वडाको विकासमा वडाबासीहरुको राय सुझावको आधारमा आफु अगाडी बढ्ने बताउनुभयो ।

त्यसो त कपिलवस्तुका बिभिन्न बडामा रोचक किसिमले नतिजा आएको छ । कपिलवस्तु नगरपालिका वडा २ मा कांग्रेसका उम्मेद्वार रामभजन कलवारले जित्नुभएको छ । उहा संगै वडामा सिंगो कांग्रेस प्यानल आएकोछ । 

कृष्णनगर नगरपालिका वडा नम्बर १ मा वडा जितेर राप्रपाले पनि जिल्लामा खाता खोलेको छ । कृष्णनगरको वडा नम्बर १ मा राप्रपाका टुङ्गनाथ चौधरीले वडा अध्यक्ष जित्नुभएको छ । साथै राप्रपाले यस वडामा प्यानल नै जितेको छ । कृष्णनगरकै बडा नम्बर २ मा कांग्रेसले जितेको छ भने बडा नम्बर ३ मा माओवादी केन्द्रले चुनाव जितेको छ ।  बडा अध्यक्ष जिते सगै  चुनावमा बोलेका प्रतिबद्धता पुरा गर्न नेतृत्वलाई दबाब महसुस भएको छ ।

नेकपा एमालका तर्फबाट शिवराज १ मा बडा अध्यक्ष सहित प्यानल जितेपछि वडा अध्यक्ष जगत बहादुर जिसिले बिगतमा गरेका प्रतिबद्धताहरुको समिंक्षा गर्दै कार्यन्वयनका लाग्ने  बताउँदै यस वडाको समग्र बिकासका लागि आफु लगायत आफनो टीम अहोरात्र खटीने बताउनु भयो ।

त्यस्तै शिबराज नगरपालिका वडा न.३ मा पनि नेकपा एमाले वडा ३ का अध्यक्ष पदका उमेद्धवार टेकलाल सापकोटा सहितको प्यानल नै बिजयी भएको छ । शिबराज नगरपालिकाका निर्वाचन अधिकृत सेषकान्त पौडेलले ३ वटा कोठामा मत गणना सुरु गरेकाले शिबराज नगरको अन्तिम मत परिणाम आउन ५ दिन जति लाग्ने बताउनुभयो ।

गाउपालिका तर्फ विजयनगर गाउपालिकामा ४ बटा वडामा एमालेले जितेको छ । गाउपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेद्वार इन्द्र थारुले जित्नुभएको छ । वडा नम्बर ७ मा एमालेका दिनेश कुमारले वडा अध्यक्ष जित्नुभएको छ। यस्तै वडा नम्बर २ मा एमालेकै नेपाल थारुले वडा अध्यक्ष जित्नुभएकोछ । 

यता मायादेवी गाउपालिका वडा नम्बर १ मा नयाँ शक्तिका उम्मेद्वार हर गोविन्द चौधरीले वडा जित्नुभएको छ । यस वडामा नया शक्तिको प्यानलनै विजयी भएको छ ।

देशका कुनै पनि स्थानीय तहमा जित निकाल्न नसकेको बहुजन शक्ति पार्टिले मायादेवि गाउपालिकाको वडा नम्बर ८ मा जित दर्ता गराएको छ । कृष्णनारायण तिवारीले यस वडामा जित्नुभएको छ । यशोधरा गाउपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार रिजवान मुसलमानले वडा अध्यक्ष जित्नुभएको छ ।

यस्तै वडा नम्बर ४ मा पनि कांग्रेसका पारसनाथ कुर्मी विजयी हुनुभएको छ । भने वडा नम्बर ३ मा पनि कांग्रेसकै सरीता त्रिपाठी विजयी हुनुभएको छ । यस्तै जिल्लाका नेकपा माओबादी केन्दं्रले पनि आफ्नो जित दर्ता गराउन सफल भएको छ ।

यशोधरा गाउपालिका वडा नम्बर १ मा नेकपा माओबादीका शिवपुजन पासीले वडा अध्यक्ष जित्नुभएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी