२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा कांग्रेसको अग्रता कायमै

२०७४, १७ असार शनिबार १३:५३

दिपक अनुरागी/असार १७, कपिलवस्तु । बिहिबार देखि कपिलवस्तुमा जारी मतपरिणाम नगर र गाउपालिकाको अझै सार्वजनिक हुन सकेको छैन् । कतिपय वडाका मतपरिणाम सार्वजनिक भएपनि धेरै जसोको अझै सार्वजनिक हुन नसकेको हो ।

 १० स्थानीय तह रहेको कपिलवस्तुको प्रारम्भिक मत परिणाम अन्र्तरगत मुख्यतया कांग्रेस, एमाले र स्वतन्त्र उम्मेद्वार विचमै कडा प्रतिस्पर्धा रहने देखिएको छ । 

प्राप्त विवरण अनुसार वाणगंगा नगरपालिकामा कांग्रेस, माओबादी गठबन्धनका मेयर मंगल प्रसाद थारुले ३ हजार ८ सय ४ मत प्राप्त गर्नुभएको छ । उपमेयरका माओवादी केन्द्रका टोपनारायण वेल्वासेले २ हजार ५ सय १८ मत ल्याउनुभएको छ ।

 एमाले मेयरकी उम्मेदवार विमला घिमिरेले २ हजार ६ सय ३६ मत ल्याउनुभएको छ । उपमेयरका उम्मेदवार चक्र अर्यालले २ हजार ७ सय ७० मत ल्याउनुभएको छ ।  

 शिवराज नगरपालिका तर्फ एमालेका मेयर अगाडी देखिनुभएको छ । उहाले हाल सम्म ३ हजार ५ सय ९६ मत पाउनुभएको छ । उपप्रमुखमा शिवकुमारी थारुले ३ हजार ६ सय ४१ मत ल्याउनुभएको छ । त्यस्तै राप्रपाका मेयर अजय थापा १ हजार ५ सय ८४ मतको साथ दोस्रो स्थानमा रहनुभएको छ । राप्रपाकी उपप्रमुख सविता चौधरीले १ हजार १ सय ७६ मत ल्याउनुभएको छ । त्यस्तै संघिय समाजवादी फोरमका मेयर कृष्ण चौधरीको १ हजार ४ सय ६२ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा फोरमले ८ सय ८५ मत ल्याएको छ ।

 कपिलवस्तु नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख किरण सिंहले २ हजार ३ सय १३ मत ल्याउनुभएको छ । उपप्रमुखका लक्ष्मी कशौधनले २ हजार २ सय ३४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । राजपाका स्वतन्त्र मेयर पदका उम्मेदवार रामदास गुप्ताले २ हजार २ सय ८४ मत प्राप्त गर्नुभएको छ । राजपाका स्वतन्त्र बासुदेव कशौधनले १ हजार ९ सय २६ मत ल्याउनुभएको छ ।

 बुद्धभुमिमा नेपाली कांग्रेसका मेयर केशव कुमार श्रेष्ठले ३ हजार ५ सय ९५ मत पाउनुभएको छ । उपमेयरमा मिरा थारुले २ हजार ८ सय ४० मत प्राप्त गर्नुभएको छ ।

 एमालेका मेयर रुपेश कुमार श्रेष्ठले ३ हजार ५ सय ३८ मत प्राप्त गर्नुभयो । उपमेयरमा मञ्जु थारुले २ हजार ६ सय ९७ मत ल्याउनुभएको छ ।

 महाराजगञ्ज नगरपालिकामा स्वतन्त्रका उम्मेद्वार दिर्घनारायण पाण्डेले २ हजार  ३ सय २९ ल्याई अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका मेयरका अब्दुल कलामले २ सय ३ मत ३० मत ल्याउनुभएको छ ।

 कृष्णनगर नगरपालिकामा स्वतन्त्र मेयर रजत प्रताप शाहले १ हजार ७ सय ४१ मत ल्याउनुभएको छ । राप्रपाका मेयर श्याम कुमार मिश्रले १ हजार ४ सय ५० मत ल्याउनुभएको छ । उपमेयरमा सरीता मौर्याले ६ सय ५२ मत ल्याउनुभएको छ ।

 माओबादी केन्द्रका मेयर शिवप्रसाद कलवारले ९ सय ५१ मत ल्याउनुभएको छ । उपमेयरमा सवनम खातुनले ८ सय २४ मत ल्याउनुभएको छ ।

 यशोधरा गाउपालिकामा नेपाली कांग्रेसका प्रमुख गिरीजेश कुमार पाण्डेले २ हजार २ सय ६१ ल्याउनुभएको छ । नेपाली कांग्रेसका उपप्रमुखले १ हजार ८ सय ४४ मत ल्याउनुभएको छ । स्वतन्त्रका मेयरले रामदेव कलवार १ हजार ७ सय ७९ मत ल्याउनुभएको छ । संघिय समाजबादी फोरमका उम्मेद्वारले १ हजार ४ सय ५८ मत ल्याउनुभएको छ ।  माओवादी केन्द्रका प्रमुख शिव दयाल त्रिपाठीले १ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।

 शुद्धोधन गाउपालिकामा एमालेका प्रमुख अब्दुल मोजिव खाँले ९ सय ६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका प्रमुख विश्वम्भर कुर्मिले ९ सय १७ मत ल्याउनुभएको छ । संघिय समाजबादी फोरमका प्रमुख उम्मेद्वारले ७ सय १८ मत ल्याउनुभएको छ ।

 त्यसैगरि उपप्रमुखमा रुख चिह्नले १ हजार १ सय ५६ ल्याएको छ । भने सुर्यले ७ सय ९७ र हातमा समातेको मसालले ८ सय ७२ मत ल्याएको  छ ।

 मायादेवी गाउँपालिकाको प्रमुखमा संघिय समाजबादी फोरमका जगन्नाथ कुर्मीले २ हजार ५ सय ६७ मत ल्याउनुभएको छ । उपप्रमुखमा फोरमका उम्मेद्वारले २ हजार १ सय ६१ मत ल्याउनुभएको छ ।

 नेपाली कांग्रेसका प्रमुख बली उद्धिन मुसलमानले १ हजार ९ सय ५३ मत ल्याउनुभएको छ । उपप्रमुखमा कांग्रेसकै उम्मेद्वारले १ हजार ४ सय १८ मत ल्याउनुभएको छ ।

 विजयनगर गाउपालिकाको प्रमुखमा एमालेका गोपाल थापाले २ हजार ६ सय ३२ मत ल्याई अगाडी रहनुभएको छ । स्वतन्त्र प्रमुखका उम्मेद्वार जानकी प्रसाद यादवले २ हजार १ सय २९ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी उम्मेद्वारले १ हजार ३ सय ९० मत ल्याउनुभएको छ । स्वतन्त्रकी उपप्रमुख असुनी कुमार शाहिले १ हजार ३ सय ५६ मत ल्याउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ