२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे

२०८१, १४ मंसिर शुक्रबार १४:१८

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । मक्मलेन शुक्रबार नेपाल आइपुगेका हुन् । उनले एनपीएल टिम सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्नेछन् ।

उनलाई सुदूरपश्चिम रोयल्सका विटम व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । जसमा उनले ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् ।

उनले २०२३ मा जमर्नीविरुद्धको खेलमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । उनी स्कटल्यान्डको एकदिवसीय टिमको पनि हिस्सा हुन् । उनले २६ एकदिवसीय खेलमा ३ शतक र २ अर्धशतक बनाएका छन् ।

सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनकासहित न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरू टोलीमा समावेश गरेको छन् । हाल सुदूरबाट खेल्ने मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । त्यस्तै टिममा नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी,अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको खेलिरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि पुस ६ गतेसम्म एनपीएलको पहिलो संस्करण हुँदैछ । सुदूरपश्चिमले लिगको पहिलो खेल मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी