२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, ८ विकेटले हरायो कर्णाली याक्सलाई

१७ मंसिर २०८१, सोमबार १६:०५

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध शानदार जित दर्ता गरेको छ। १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेल्दै टोलीलाई जित दिलाए। उनी ६२ रनमा अविजित रहे। अनिल र आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे। आसिफले ३६ रन बनाए भने लाहिरू मिलन्थाले २४ रन योगदान दिए। जिमी निशम १६ रनमा अविजित रहे।

कर्णालीका बलरमध्ये मौसम ढकाल र जिशन मक्सुदले एक/एक विकेट लिएका थिए।

त्यसअघि, टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। कर्णालीका कप्तान सोमपाल कामीले १३ बलमा २९ रनमा अविजित इनिङ खेले भने अर्जुन घर्तीले २२ बलमा ३३ रन बनाए। पछिल्लो दुई ओभरमा कर्णालीले ४३ रन थपेको थियो, जसमा अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए। गुल्सन झाले पनि ३६ रनको योगदान दिए।

यद्यपि, कर्णालीका विदेशी खेलाडी प्रदर्शन गर्न असफल भए। भारतीय स्टार शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भए। अन्य विदेशी खेलाडी चाडविक वाल्टन (८ रन), बाबर हायत (१२ रन), र जिशन मक्सुद (० रन) फ्लप भए।

जनकपुरका बलर मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए। जनकपुरको यो दोस्रो जित हो। यसअघि शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ