2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङबासीलाई सेती नदीको धमीलो पानी खाने झन्झट हट्यो

असार २०, बझाङ । विगत लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका थलारा गाँउपालीका ९ खानी का स्थानीयहरुलाई अहिले खानेपानी समस्या बाट छुटकारा पाएका छन् । 

गाँउमा खानेपानी नहुँदा सेती नदीको धमीलो पानी पिउन बाध्य थियौ स्थानीय शेर बहादुर सुनारले बताए । 

उहाँले भन्नु भयो “ गाँउमा खानेपानीको निकै समस्या रहेका खानीमा अहिले निकै सजीलो भएको छ । गैर दलीत परिवारको नजीक खानेपानीको एउटै धारा थियो, विहान देखी बेलुका सम्म लाईनमा बस्नु पर्ने बमध्यता थियो । धेरै जस्ता दलीत परवारका सदस्यहरु लाईनमा बस्न नसकेर सेती नदीको धमीलो पानी पिउन बाध्य थियौ । 

उहाँले पुरानो कुरालाई स्मरण गर्दै भन्नु भयो ।” 

खानीको पिपल चौताराका दलीत परिवारलाई खानेपानीको निकै समस्या रहेको भरत बहादुर सुनारले बताए । उहाँका अनुसार केही समय पहिला खानेपानी का धारा थिए , तर तिनको पुन मर्मत नभएर सक्कीए । अनी खानेपानको चरम समस्या भयो । 

८२ बर्षिया धनसिहँ सुनारका अनुसार यस टोलका  सबै स्थानीयहरुले सधै जस्तो सेती नदीको धमीलो पानी पिउदै आएको बताए । तर अहिले यहाँ खानेपानीको निकै सुबिधा भएको उहाँको भनाई छ । एक गाग्रो पानी भर्न लाईनमा बस्नु परे झण्डै २ घण्टा कुर्नु पर्ने स्थिती सम्झदै सुनारले भन्नु भयो अहिले एक गाग्रो पानी भर्न ३ मिनेट पनि लाग्दैन निकै सुविधा भएको छ । सती नदीको धमीलो पानी पिउने झन्झट बाट समेत मुक्त भएको उहाँको भनाई छ ।  

खानेपानीको समस्या भएको समयमा बढी जस्तो बालबालीकाहरु विद्यालय नै छुट्ने गरेको धनलक्ष्मि सुनारलले बताउनु भयो । धारामा पानी भर्न घन्टौ कुर्नु पर्ने कीत सेती नदीको पानी ल्याउनु पर्ने , बढी जस्तो हामी जस्तो महिला र केटा केटीलाई समस्या हुने गरेको थियो , सुनारले भन्नु भयो कती दिन त मेरा नाती नातीनाको स्कुल नै छुटेको थियो । 

खानेपानीका लागी सेती नदी पठाउनु पर्ने त्यहाँ बाट आउन जान स साना केटा केटीहरुलाई ४५ मिनेट लागी हाल्थ्यो । अनी स्कुलनै छुट्ने । अनी नदीमा पानीका लगी पठाउदा केटा केटी बग्छन्की भन्ने ठुलो चिन्ता लाग्थ्यो उहाँले सुनाउनु भयो । 

अहिले घर नजीकै धारा छ । सजीलो भएको छ उहाँले भन्नु भयो न त लाईनमा बस्नु पर्छ नत पहिलाको जस्तो पानीको चिन्ता नै लाग्छ । 

३५ परिवारको बसोबास रहेको यस गाँउमा ग्रामीण जलश्रोत परियाजनाले ठुलो सहयोग गरेको यहाँका स्थानीयहरुले बताएका छन् । यस संस्थाले गर्दा आफुहरुले सफा पानी पिन पाएको यहाँका स्थानीयहरुले बताएका छन् । अहिले ३५ परिवार बसोबास गर्ने यस गाउमा ११ वटा धार निर्माण गरीएको र धारा पनी बाल मैत्रि भएका कारण बालबालीकाहरुलाई समेत निकै सजीलो भएको बताएका छन् । डीबी विष्टको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई