दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वय"/>

2026-09-14 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालहितका सवालबारे यसो भन्छन् कालिकोटका जनप्रतिनिधि


दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वयनका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको छ । 

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट र भिडिसेफ कालिकोटको संयुक्त आयोजनामा आयोजित परिचयात्मक एवं बधाई तथा सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै नव निर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताउनु भएको हो ।

बालहितका सवालमा काम गर्दै आइरहेको सेभ द चिल्डे«न, र साझेदार संस्था किर्डाक नेपाल, भिडिसेफले जिल्लामा गरेका कामहरुको प्रशंसा गर्दै नव निर्वाचित जनप्रतिनिधिहरुले समाजमा बालहिंसा, बालविवाह, बालश्रम जस्ता विविध घटनाहरु समाजमा ब्याप्त रहेकाले यसको न्यूनिकरणका लागि आफूहरु कटिवद्ध भएर लाग्ने र यसका लागि नागरिक समाज बुद्धिजिवि सबैले साथ दिन आग्रह गर्नु भएको छ ।

यहि गएको बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जिल्लामा आफुले संचालन गरेका कार्यक्रम र भए गरेका गतिविधिको जानकारी गराउदै आयोजक संस्था किर्डाक नेपाल, भिडिसेफ तथा सेभ द चिल्डे«नले विगतका बालबालिकाको अवस्था, बर्तमान अवस्था, भैरहेका गतिविधि र आइपरेका चुनौतिबारे जनप्रतिनिधिहरुलाई क्रमश तुलारम पाण्डे, राजेन्द्र सहकारी, बाले विश्वकर्माले जानकारी गराउनु भएको छ ।

आयोजकले दिएको जानकारीलाई उठान गर्दै प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले गाउ तथा नगरका जनप्रतिनिधिहरुलाई स्थानीय तहको विकासका लागि दुरदृष्टि राख्न आग्रह गर्नु भएको छ । केही दिनमै गाउ तथा नगरमा बजेट तथा योजना तर्जुमा कार्यक्रम संचालन हुन गैरहेकोे बताउदै अब समुदायमा आधारित आधारभूत आवश्यकतामा रहि दुरदृष्टि योजना अगाडी बढाउन आग्रह गर्नु भएको हो ।

नव निर्वाचित जनप्रतिनिधि कुनै दल विशेषको नभै समग्र जनताको प्रतिनिधि भएकाले निर्देशनात्मक होइन समन्वयात्मक भूमिका खेल्न सुवेदीले विशेष जोड दिनु भएको छ । अबको विकास खर्चमुखी नभै लगानी तथा आम्दानी मुखिहुनु पर्ने भएकाले यसलाई दृष्टिगत गरी अबको ५ बर्ष जनमुखी, स्मरणयोग्य कार्यकाल बनोस् भन्दै शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।

बालबालिका हामी सबैको सरोकार, बनाउदै जाऔं बालमैत्री स्थानीय सरोकार भन्ने मुल नाराका साथ सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विजय विश्वकर्माको अध्यक्षता संसद सदस्य तुलाराज विष्टको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको विशेष आथित्यतामा आयोजित कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली ढाका टोपी र ढाकाकै पछ्यौराले सम्मान गरिएको छ । 

यस्तै सम्मान कार्यक्रममा प्रमुख अथिति तुलाराज विष्ट, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगी लगायतका नागरिक अगुवाहरुले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ