असार २१, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । 

श्रम तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । 

श्रम तथा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना

२१ असार २०७४, बुधबार १२:५९


असार २१, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । 

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गर्नेगरी कक्षले काम गर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दिनहुँ वैदेशिक रोजगारीका अनेक समस्या लिएर म कहाँ बिभिन्न व्यक्ति आइरहनुभएको छ, उहाँहरुले अब यही कक्षमा जानकारी गराए पनि माग सम्बोधन हुनेगरी व्यवस्था मिलाएका छौँ ।” कुनै समस्या परे विभाग र बोर्डमा गएर जानकारी वा उजुरी दिनु नै उपयुक्त व्यवस्था हुने तर त्यहाँ समाधान त्यहाँबाट सुनुवाइ नभए यहाँ आएर पनि निवेदन दिन सकिने मन्त्री मन्सुरले बताउनुभयो । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र अत्यधिक लाभदायक बनाउन आफू प्रयत्नशील रहेको उहाँको भनाइ छ । उहाँले निःशुल्क टिकट र प्रवेशाज्ञाको विषयलाई थप प्रभावकारी र लाभदायी बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “म व्यक्तिगत लाभमा चल्ने मान्छे होइन, म रहुँन्जेल विभाग र बोर्डमा पनि लाभ लिने गरी काम गर्नेलाई छोड्दैन ।” पीडितले मन्त्रालयमै आएर, फोन वा इमेलमार्फत पनि आफ्ना गुनासो वा उजुरी दर्ता गर्न सक्नेछन् । कक्षको फोन नं ०१४२११६९६, भाइबर ९८४६०३१२८१ र इमेल [email protected] रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ