2026-08-17 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिधुवा–शुक्रबारे सडक मर्मतमा गाउँपालिकाको चासो

असार २३, तेह्रथुम । छथर गाउँ कार्यपालिकाले पुर्वी तराई तथा सदरमुकाम म्याङलुङ्गसँग जोड्ने सिधुवा–शुक्रबारे सडक मर्मत तथा स्तरोन्नतिको विषयमा चासो देखाएको छ । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गर्दै विहीबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले वर्षाका कारण हिलाम्मे भएर अवरुद्ध बनेको सडक खुलाउन पहल गर्ने निर्णय गरेको हो । 

सडक हिलाम्मे हुँदा विरामी बोक्ने एम्बुलेन्स, दुध बोक्ने गाडी देखि मानिसहरुलाई आवत् जावत् गर्न समेत समस्या भएको भन्दै कार्यपालिकाले सडक मर्मत र स्तरोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष सन्तविर तिगेलाले बताउनुभयो । ‘सडक अवरुद्ध हुँदा छथरबासीले धेरै दुःख पाएका छन्, तुरुन्तै कम्तिमा साना सवारी गुड्नेसम्म सडक खुलाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।

सडकका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्राविधिक र कामको जिम्मा लिएको ठेकेदार कम्पनीबीच छलफल गरेर सडकको काम अघि बढाउने निर्णय भएको कार्यकारी अधिकृत गोरखनाथ मिश्रले बताउनुभयो ।

यस्तै कार्यपालिकाको पहिलो बैठकले वृद्ध भत्ता बैंक मार्फत वितरण गर्दा पहिले भन्दा सास्ती भएको भन्दै आगामी साउनदेखि गाउँपालिकाबाटै भत्ता वितरण गर्ने, गाउँपालिकाको आर्थिक कारोबार सहज बनाउन सरकारी कारोबारलाई व्यवस्थित गर्न कृषि तथा अन्य व्यवसायिक क्षेत्रमा कर्जाको सरल र सहज पुहँच पु¥याई आर्थिक विकास र वित्तीय पहुँचलाई बढाउन बैंक स्थापनामा पहल गर्ने, विपद व्यवस्थापन कार्ययोजना तयार गर्ने लगायत निर्णय गरेको अध्यक्ष तिगेलाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट