चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलल"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुल्यो

२४ असार २०७४, शनिबार ०२:४६

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका (उपल्लो मुस्ताङ) सम्मको ३ सय ४५ किलोमिटर दुरीको ट्याक खुलेको हो।

यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्र्याक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धब विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्न सक्ने बनाइएको जानकारी दिनुभयो । बागलुङ खण्डमा मात्रै करिब ५६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

करिडोरको ट्याक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो । ’दुई देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ,’ भट्टराईले भन्नुभयो, ’ निकै जोखिम मोलेर ठूला भिर–पहराहरुलाई फोर्दै ट्र्याक खोल्यौं। ’

असार मसान्तसम्म ट्र्याक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक साताअघि बिहीबार नै ट्र्याक खोलेको जनाएको छ ।नेपाली सेनाको निर्माण कार्यदलका अनुसार बागलुङ जिल्लाका चारवटा करिडोर क्षेत्रका खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

करिडोरको ट्याक खुलेसंगै अव भारतीय पर्यटकहरु कालीगण्डकी नदीको किनारै किनार भएर हिन्दु र वौद्धधर्मावलम्वीहरुको प्रशिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्ध धर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्न सक्नेछन् । यो करिडोरले नेपाल,भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि गर्न सघाउ पु¥याउनुका साथै भारत र चीनबीच ‘कनेक्टिभिटी’को काम गर्ने स्थानीय सरकोकारवालाहरुले बताएका छन् । करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दी लगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिक रुपमा पनि महत्वपूर्ण रहेको छ ।
करिडोरको नवलपरासीदेखि बागलुङको मालढुंगासम्म २८ मोटरेबल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ । ट्र्याक खोलेपछि आगामी वर्षबाट कालोपत्रे सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट