दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको "/>

2026-09-14 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटका जनप्रतिनिधि भन्छन, ‘आशाको आसा निरासामा बदलिन दिने छैनौ’


दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको असरलाई न्यूनिकण गर्न संचालित पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) कार्यक्रम स्थानीय कृषकहरुका लागि साच्चिैकै आशा लाग्दो रहेको कालिकोटका नव निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् । 

आसा कार्यक्रमको आयोजनामा जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा संचालित बार्षिक समिक्षा तथा समन्वयात्मक छलफल कार्यक्रममा बोल्दै नव निर्वाचित जनप्रतिनिधिहरुले आसा कार्यक्रममा ग्रामिण स्तरका कृषक समुदायहरुले प्रत्यक्ष लाभ लिन सक्ने बहुउपयोगी र बहुआयामिक खालका आशालाग्दा कार्यक्रमहरु रहेको भन्दै यस्तो कुरा बताएका हुन् । 

आसा कार्यक्रमका जिल्ला संयोजक मनिर अन्सारीले आसा द्धारा हाल जिल्लामा गरिएका गतिविधि तथा अबका दिनमा गर्ने योजना एवं कार्यक्रमहरुबारे जानकारी गराए लगतै आआफ्नो घारणा राख्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले आसाको आशालाग्दो कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।

जिल्ला विकास समन्वय समितिका संयोजक प्रदिपराज अधिकारीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता जिल्लाका सबै नगर तथा गाउपालिकाका प्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाज पत्रकारहरुको उपस्थितिमा आयोजित समिक्षा तथा छलफल कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले विगतका बर्षहरुमा विभिन्न संघसंस्था तथा अन्य निकायबाट समुदाय स्तरमा जे जस्तो गतिविधि भएपनि अबका दिनमा आफ्नो प्रत्यक्ष निगरानी रहने भन्दै दातृनिकायहरुले स्थानीय स्तरमा ढुक्क भएर कार्यक्रम लैजान आग्रह समेत गरेका छन् ।

खाडाचक्र कालिकोटको चन्द्रसूर्य होटलमा शनिवार आयोजित समिक्षा तथा समन्वयात्मक छलफल कार्यक्रममा पहाडी किसानहरुलाई जलबायुजन्य प्रकोप संग सामना गर्न सक्ने क्षेमता अभिबृद्धिका साथै उनीहरुको आयस्तर बृद्धि गरी गरिवी गर्ने यसको उद्देश्यले संचालित आसा कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी संचालन गर्न ३ बुदे प्रतिवद्धता सहितको निर्णय समेत गरिएको छ । कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई अविर सहित खादाले सम्मान समेत गरिएको छ ।

आसा कार्यक्रम हाल स्थानीय अनुकुलन कार्ययोजना (लापा) निर्माण भएका कालिकोटका साविकका ६ गाविस भर्ता, माल्कोट, थिर्पू, राचुली, फुकोट, बदालकोटमा कार्यक्रम संचालन भैरहेको र अब जिल्लाका सबै क्षेत्रमा लापा योजना निर्माण गरी कार्यक्रम संचालन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ