२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी

२०८१, ३ पुष बुधबार १६:४०

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरू वैदेशिक रोजगारीमा गए पनि १५ हजारले मात्र फ्री भिसा फ्री टिकट पाएको बताएका हुन् ।

उनले भने, ‘श्रम मन्त्रालयले ऐन र कानुनको आधारमा वैदेशिक रोजगारीमा जाने मानिसको श्रम स्वास्थ्य परीक्षण गर्नको निम्ति कानुनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ । तर कयौँ ठूल ठूला अस्पताले चाहिँ यसमा काम गरिरहेका छन् । भोलि बदमासी भयो भने श्रम मन्त्रालयले कसलाई कारबाही गर्ने ? मलेसियासँग नेपाल सरकारले फ्री भिसा फ्री टिकट भनेर एग्रीमेन्ट गर्‍यौँ । अहिले मलेसियामा ७ लाख नेपाली काम गरिरहेका छन् । जम्मा १५ हजार मानिस मात्र फ्री भिसा फ्री टिकटबाट लाभान्वित भएका छन् । ’

साथै उनले सबै कुरा सरकारले मात्र हेर्न नसक्ने बताए । उनले फ्री भिसा फ्री टिकटको यथार्थ निकाल्नुपर्ने बताए ।‘यसको हामीले यथार्थ निकाल्नुपर्छ । सबै सरकारले हेर्न सक्दैन तर यसमा कुनै कुरा रोजगार दाताले हेर्नुपर्छ भने कुनै श्रमिक आफैंले पनि तिरेर जानुपर्छ ।’ उनले भने ।

उनले संसार भरिकै आप्रवासी श्रमिकहरूको मृत्युको सङ्ख्या हेर्दा श्रमको लागि नभएर युद्ध लड्नको लागि गएको जस्तो देखिएको बताए । श्रमिकहरूले मृत्युवरण गर्नुपर्ने अवस्थाको बारेमा खोजी गर्न आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले यसको समाधानको लागि विभिन्न विज्ञ डाक्टरहरूबाट सुझाव सङ्कलन गरिरहेको बताए ।

उनले भने,‘संसारभरीका आप्रवासी श्रमिकहरू जो आप्रवासनको क्रममा आफ्नो ज्यान गुमाएका छन् । हाम्रो डाटामा हेर्दा पनि विगत १६ वर्षमा १४ हजार मानिसले त्यहाँबाट मृत्युवरण गरेको देखियो । हाम्रो श्रमिकहरू त्यहाँ युद्ध लड्न गएको त होइन नि श्रम गर्न गएका हुन् । तर किन त्यो अवस्था आइरहेको छ त्यो बारेमा खोजी गर्न आवश्यक छ । यसबाट हामीले कसरी बचाउन सक्छौ भनेर विज्ञ डाक्टरहरूलाई जाने बेला देखि फर्केर आउने बेला सम्म स्वास्थ्यको ट्रयाकिङ कसरी गर्ने त्यसमा लागेको छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो