पढ्न करिब 2 मिनेट लाग्छ

मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जिल्ला प्रशासनले शिलबन्दी गरेको छ ।

हाडिर्जाड फेग्नेन्स इन्डस्ट्रिजले उत्पादन गर्दै आएको ‘शुद्ध प्लस’ गुट्खाले मापदण्ड पूरा नगरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । उनकै नेतृत्वमा गएको बजार अनुगमनको टोलीले उद्योगबाट उत्पादित सुर्तीजन्य पर्दाथ मापदण्ड विपरित भएको भन्दै उद्योगमा छापा हानेको हो ।

उद्योगमा खानतलासी गर्ने क्रममा २ किसिमका गुट्खा ‘खाद्यबस्तुको अनुगमन गर्ने निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पत्रकारसहितको अनुगमन टोलीले कम्पनीमा उत्पादित वस्तु कमसल खालको भेटेको छ ।

करछलीको विषयमा सम्बन्धित निकाय राजस्वलाई अनुसन्धान गर्न निर्देशन दियौं,’ उनले भने । नेपालभरी नै राम्रो बिक्री रहेको शुद्धप्लस गुटखा उद्योगले पटक–पटक नियम उल्लङ्घन गरेको कारण छापा मारेको खाद्य अधिकृत आनन्द डंगोलले जनाए ।

‘उद्योग संचालकलाई उचित जवाफ सहित आइतबार जिल्ला प्रशासन कार्यालयमा डाकिएको छ, त्यसपश्चात थप अनुसन्धान हुन्छ । उनले भने । नेपाली कांग्रेस नेता विरेन्द्र कनौडियाका भाई महेन्द्र कुमार कनौडियाको स्वामित्वमा रहेको उक्त उद्योगले मासिक २ करोड रुपैयाँ स्वघोषित कर बुझाउने गरेको बताइएको छ । मासिक १५ करोड रुपैयाँ बढीको गुटखा बिक्री गर्ने उक्त उद्योगले गुणस्तरहीन वस्तु प्रयोग गरी गुट्खा बनाउने गरेको प्रशासनको भनाइ छ ।

फार्मेसीको अनुमति लिएर कस्मेटिक सामानको बिक्री अनुगमन टोलीले फार्मेसीको अनुमती लिएको गुल्सन मेडिकल हलले कस्मेटिक सामानहरु बिक्री गरेको पत्ता लगाएको छ । मेडिकलबाट मिती सकिइसकेका (एकसपाएर ) केही औषधिहरु समेत बरामद गरिएको छ । त्यसैगरी बन्जाडे किनारा पसलसहित थुप्रै किराना तथा मेडिकल पसल, होटल लगायतका ठाउँमा अनुगमन टोलीले छापा मारेको छ ।

टोलीले गुल्सन मेडिकल कलेजका सञ्चालकलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको मितिमा उपस्थित नभए शिलबन्दी गर्ने चेतावनी प्रशासनले दिएको छ ।

अनुगमनका क्रममा धेरैजसा मेडिकलबाट मिति सकिएका औषधि बरामद भएको प्रशासकिय अधिकृत प्रेम खवासले बताए । उनले केही मेडिकलहरु भने व्यवस्थित रहेको पाइएको जानकारी दिए ।