८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिता विजुवार सम्पन्न

२५ असार २०७४, आईतवार १३:२७

स्मृती घर्ती मगर/असार २५, प्यूठान । लगातार ३ दिन सम्म सञ्चालित नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको आज गणतान्त्रिक खेलकुद मैदान विजुवारमा समापन तथा पुरस्कार वितरण गरिएको छ।

नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको समापन  कार्यक्रमका प्रमुख अतिथी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती रहनु भएको थियो ।

प्रतियोगितामा प्यूठान नगरपालिकाका भित्रका १० ओटा वाल समुहले भाग लिएका थिए। जस अन्तरगत प्रथम आयोजक नगर स्तरिय वाल सञ्जाल प्यूठान, व्दितिय डेउराली वाल सञ्जाल चितीखोला र तृतिय गाैमुखी वाल क्लव भलावाङ भएका छन्। प्रथम, व्दितिय र तृतिय हुन सफल वाल क्लवला ई क्रमस २० हजार मेडल र प्रमाण पत्र,  १५ हजार मेडल र प्रमाण पत्र  र १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईले जानकारी दिनु भएको छ।

चालु आर्थिक वर्ष ०७३/७४ अन्तरगत वालवालिका लक्षित कार्यक्रम तर्फवाट १ लाख वरावरको लागतमा उक्त क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो। समापन कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती,उपमेयर शान्ता आचार्य, प्यूठान नगरपालिकाका वार्ड नं ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, कार्यकारी अधिकृत नारायण प्रसाद भण्डारी लगायतको उपस्थित रहेको थियो।

उक्त क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलको 'म्यान अफ द म्याच'को मेडल यनी गहतराजले पाउनु भएको छ। दोस्रो सेमीफाइनलको 'म्यान अफ द म्याच'को मेडल प्रदिप एम सीले पाउनु भएको छ। भने तेस्रो सेमीफाइनलको 'म्यान अफ द म्याच'को मेडल सेवक शाहले पाउनु भएको छ। त्यस्तै 'म्यान अफ द सिरिज'को मेडल यनी गहतराजले ९० रन र ५ विकेट लिएर प्राप्त गर्नु भएको छ।

साथै नगर स्तरिय वाल सञ्जाल प्यूठानलाई लामो समय देखी सहयोग गर्दै आउनु भएका प्यूठान नगरपालिकाका वालवालिका सम्पर्क व्यक्ती सुजना चाैधरीलाई सम्मान समेट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता