मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उद"/>

2026-10-31 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज नगरका नव निर्वाचित जनप्रतिनिधिलाई विद्यालयद्वारा सम्मान


मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उदघोष गर्नुभएको छ । 

सरस्वती निमावि शिवपुर कपिलवस्तुद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, कृषि सिंचाई र पूवार्धारका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

मधेशी र पहाडी बीचको दुरीलाई कम गर्दै जातीय र सामाजिक सद्भाव कायम गर्न पहल कदमी चाल्ने उहाँले बताउनुभयो । एक्लो प्रयोसले केही हुँदैन, आफ्नो टिमलाई सबैको साझाको रुपमा अगाडि उभ्याई आम नागरिकको भावनाको कदर गर्दै सबैले महसुस हुने गरी काम गर्ने उहाँले बताउनुभयो । 

नवनिर्वाचित उपमेयर शिवकुमारी चौधरीले पछाडि परेका थारु समुदायलाई शिक्षाको मूल प्रवाहीकरणमा ल्याउन पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गर्नुभयो । थारु समुदाय अझैपनि शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको समस्या दर्शाउँदै उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । यसका साथै अन्यायको विरुद्ध आवाज उठाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । 

नवनिर्वाचित वडाध्यक्ष एवं विद्यालयका अध्यक्ष रहेको जगतबहादुर जिसीले स्थानीय स्रोतसाधनको सदुपयोग र संरक्षण गर्दै वडाभित्र रहेका शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखी विकास कार्यलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । यता कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसीले नव निर्वाचित जनप्रतिनिधिहरुको कार्यसफलताको शुभकामना दिंदै हरेक नागरिकले महसुस हुने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । 

यसैगरी कार्यक्रममा समाजसेवी शिक्षाप्रेमी लंकबहादुर हमाल, ज्ञानीराम पुरी, विष्णुप्रसाद अधिकारी, ऋषिराम खनाल, सुमित्रा गिरी लगायतले नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले विद्यालयको समस्या दर्शाउँदै विद्यालयको चौतर्फी विकासका लागि सहयोगका अपेक्षा राख्नुभयो । एउटै गाउँबाट मेयर, उपमेयर र वडाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु शिवपुरबासीका लागि गौरबको विषय बनेको प्रअ मण्डलले औल्याउनुभएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसी र कार्यक्रमका अध्यक्ष एवं शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकला भारतीले टिका र खादाले सम्मान गर्नुभएको थियो । भने विद्यालयका पञ्चकन्याले नवनिर्वाचित पदाधिकारीहरुलाई माला लगाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय