८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार

९ पुष २०८१, मंगलवार १७:४१

काठमाडौँ | रोजगारीको प्रलोभन देखाएर गैरकानुनी तवरले म्यानमार पुर्‍याइएका पाँच नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड हुँदै उनीहरुलाई नेपाल फिर्ता ल्याएको बैंककस्थित नेपाली दूतावासले जानकारी दिएको हो । चार पुरुष र एक महिलालाई थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा नेपाल ल्याइएको दूतावासले जनाएको छ ।

‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा एक जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देश नआउन पनि सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ