८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन

२७ असार २०७४, मंगलवार १४:३६

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लामा मंगलबार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन गरीएको छ । 

जुम्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यरत करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षण गर्ने उदेश्यले समिति गठन गरीएको नायब पशु सेवा प्राविधिक नन्द बहादुर शाहिले बताउनुभयो । 

उहाँका अनुसार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति जुम्लाको संयोजकमा नायब पशु स्वास्थ्य प्राविधिक बिरेन्द्रलाल महतलाइ चयन गरीएको छ । त्यस्तै उपसंयोजकमा जिबन बुढा, कोषाअध्यक्षमा आशा चौलागाँइ, सचिबमा चन्द्र बहादुर धरला, मुख्य सदस्यमा ओम बहादुर जिसि, सर्मिला आचार्य र बिष्णु बहादुर रोकाया चयन हुनुभएको छ । 

मुख्य सात सदस्यीय संरक्षण समितिमा अन्य सबै कृषि तथा भेटेनरी प्राविधिकहरु सदस्य रहेका छन् । मंगलबारनै एक औपचारीक कार्यक्रमका बिच समितिका सबै पदाधिकारीहरुले पदिय सपथ लिएका छन् । साथै समितिले हरेक महिनाको ६ गते नियमित बैठक बसी कृषि तथा भेटेनरी प्राविधिकहरुले भोगेका अनुभव र आगामि दिनमा गर्नुपर्ने कार्यका बिषयमा छलफल गरी निष्कर्ष निकाल्ने निर्णय गरेको छ । 

अबको केहि दिनभित्र पशु, कृषि, प्रशासन, जिल्ला समन्वय समिति र सबै गाँउपालिकाको कार्यालय लगाएत सम्बन्धीत निकायलाइ समिति गठनका बिषयमा जानकारी गर्नुका साथै समितिको हितकोष संकलन र खाता संचालन गर्ने भएको छ । 

समिति गठनपछि चयन भएका पदाधिकारीलाइ गरीएको अविरग्रहण तथा बधाइ कार्यक्रममा बोल्दै समितिका संयोजकमा बिरेन्द्रलाल महतले करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षणका लागि आफुले महत्वपुर्ण योगदान दिने बताउनुभएको छ । 

समिति संचालन र आफुले गर्ने कार्यमा सबै निकायले साथ सहयोग दिनुपर्ने उहाको अपेक्षा छ । स्वागत मन्तब्य राख्दै समितिकि कोषाअध्यक्षमा आशा चौलागाँइले कृषि तथा भेटेनरी प्राविधिकहरुले आफ्ना अनुवभसँगै कार्य सम्पादन गरीरहेको स्पष्ट पार्दै आगामि दिनमा एकिकृत रुपमा अघि बढ्ने घोषणा गर्नुभयो । 

रेडियो माउन्टेन एफएम जुम्लाका कार्यक्रम प्रमुख नन्दराम जैशीको विशेष आतित्थ्यता तथा सम्पुर्ण करार कृषि तथा भेटेनरी प्राविधिकहरुको सहभागितामा उक्त हक हित संरक्षण समिति गठन कार्य सम्पन्न भएको नायब पशु सेवा प्राविधिक नन्द बहादुर शाहिले जानकारी दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता