२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन

२०७४, २७ असार मंगलवार १४:३६

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लामा मंगलबार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन गरीएको छ । 

जुम्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यरत करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षण गर्ने उदेश्यले समिति गठन गरीएको नायब पशु सेवा प्राविधिक नन्द बहादुर शाहिले बताउनुभयो । 

उहाँका अनुसार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति जुम्लाको संयोजकमा नायब पशु स्वास्थ्य प्राविधिक बिरेन्द्रलाल महतलाइ चयन गरीएको छ । त्यस्तै उपसंयोजकमा जिबन बुढा, कोषाअध्यक्षमा आशा चौलागाँइ, सचिबमा चन्द्र बहादुर धरला, मुख्य सदस्यमा ओम बहादुर जिसि, सर्मिला आचार्य र बिष्णु बहादुर रोकाया चयन हुनुभएको छ । 

मुख्य सात सदस्यीय संरक्षण समितिमा अन्य सबै कृषि तथा भेटेनरी प्राविधिकहरु सदस्य रहेका छन् । मंगलबारनै एक औपचारीक कार्यक्रमका बिच समितिका सबै पदाधिकारीहरुले पदिय सपथ लिएका छन् । साथै समितिले हरेक महिनाको ६ गते नियमित बैठक बसी कृषि तथा भेटेनरी प्राविधिकहरुले भोगेका अनुभव र आगामि दिनमा गर्नुपर्ने कार्यका बिषयमा छलफल गरी निष्कर्ष निकाल्ने निर्णय गरेको छ । 

अबको केहि दिनभित्र पशु, कृषि, प्रशासन, जिल्ला समन्वय समिति र सबै गाँउपालिकाको कार्यालय लगाएत सम्बन्धीत निकायलाइ समिति गठनका बिषयमा जानकारी गर्नुका साथै समितिको हितकोष संकलन र खाता संचालन गर्ने भएको छ । 

समिति गठनपछि चयन भएका पदाधिकारीलाइ गरीएको अविरग्रहण तथा बधाइ कार्यक्रममा बोल्दै समितिका संयोजकमा बिरेन्द्रलाल महतले करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षणका लागि आफुले महत्वपुर्ण योगदान दिने बताउनुभएको छ । 

समिति संचालन र आफुले गर्ने कार्यमा सबै निकायले साथ सहयोग दिनुपर्ने उहाको अपेक्षा छ । स्वागत मन्तब्य राख्दै समितिकि कोषाअध्यक्षमा आशा चौलागाँइले कृषि तथा भेटेनरी प्राविधिकहरुले आफ्ना अनुवभसँगै कार्य सम्पादन गरीरहेको स्पष्ट पार्दै आगामि दिनमा एकिकृत रुपमा अघि बढ्ने घोषणा गर्नुभयो । 

रेडियो माउन्टेन एफएम जुम्लाका कार्यक्रम प्रमुख नन्दराम जैशीको विशेष आतित्थ्यता तथा सम्पुर्ण करार कृषि तथा भेटेनरी प्राविधिकहरुको सहभागितामा उक्त हक हित संरक्षण समिति गठन कार्य सम्पन्न भएको नायब पशु सेवा प्राविधिक नन्द बहादुर शाहिले जानकारी दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते