८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन तीन समिति बनाइने

१४ पुष २०८१, आईतवार १८:०१

काठमाडौँ | वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन अब तीनवटा समिति गठन गरिने भएको छ । वैदेशिक रोजगार बोर्डअन्तर्गतका समिति (गठन तथा सञ्चालन) मापदण्ड, २०८१ मा यस्तो व्यवस्था गरिएको छ । मापदण्ड गत मंसिर २५ गते स्वीकृत गरिएको हो ।

“यस मापदण्डबमोजिम बोर्डलाई सहयोग र रहजीकरण गर्न बोर्डअन्तर्गत रही कार्य सम्पादन गर्ने गरी देहाय बमोजिमको विषयगत समिति रहने छन्,” मापदण्डमा भनिएको छ, “नीति, कानुन एवं व्यवस्थापकीय समिति, तालिम तथा अध्ययन अनुसन्धान समिति र कल्याणकारी कार्य व्यवस्थापन समिति ।”

समितिमा बोर्ड सदस्यमध्येबाट विषय विज्ञताको आधारमा बोर्डले तोकेको एकजना संयोजकसहित बढीमा सातजना सदस्य रहने छन् । समितिको सचिवको रूपमा बोर्ड सचिवालयको सम्बन्धित शाखाको प्रमुख वा कार्यकारी निर्देशकले तोकेको अधिकृत रहनेछन् ।

“ऐन, नियमावली एवं निर्देशिकाद्वारा बोर्डलाई प्रदत काम, कर्तव्य र अधिकारमध्ये आफ्नो समितिलाई यस मापदण्डबमोजिम तोकेको कार्यक्षेत्रको विषयमा समितिमा छलफल गरी निर्णयका लागि अध्यक्षमार्फत बोर्डमा पेस गर्ने,” समितिको काम, कर्तव्य र अधिकारमा उल्लेख छ ।

यस्तै, समितिले नीतिगतरूपमा बोर्डबाट निर्णय गर्नुपर्ने सचिवालयले समितिमा पेस गरेका विषयहरू समितिमा छलफल गरी राय परामर्श दिने काम पनि गर्नेछ । कल्याणकारी कार्य व्यवस्थापन समितिले वैदेशिक रोजगार कल्याणकारी कार्य, कामदारको स्वास्थ्य, पुनर्स्थापना, पुन:एकीकरण लगायतको कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ