८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु

१५ पुष २०८१, सोमबार १३:१६

काठमाडौँ | क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। तीन साताअघि कुहिरो लागेको साँझ ८ बजे सडक पार गर्ने क्रममा उनलाई पिकअप ट्रकले ठक्कर दिएको थियो ।

फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठ डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन ।

उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो‍(फण्ड मी’ मा चन्दा संकलन शुरू गरिएको छ। उनका अभिभावक नेपालबाट गएपछि डिसेम्बर २६ साँझ ८ बजे सचिनालाई दिइएको भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।

सचिनाको टाउकोमा गहिरो चोट लागेको कारण मस्तिष्क सुन्निएको र त्यहाँ हुन सक्ने क्षतिलाई कम गर्न टाउकोको दाहिने पट्टीको हड्डीको एउटा हिस्सा हटाइएको थियो।

अन्टारियोको लण्डनमा गत वर्षको फेब्रुअरीमा सडक दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने अन्य ७ जना गम्भीर घाइते भएका थिए। २०२४ मा मात्रै सडक दुर्घटनामा परेर क्यानाडामा तिनजना नेपाली विद्यार्थीहरूको मृत्यु भइसकेको क्यानाडाबाट प्रकाशित हुने ‘नेपाल टच’ ले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ