८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको योजना कार्यन्वयन हुँदै: विदेशमा मृत्यु भएका परिवारले ७ लाख क्षतिपूर्ति पाउने

२८ असार २०७४, बुधबार ०९:२३

असार २८, काठमाडौं । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् ।

मृतकका परिवारले अहिलेसम्म ३ लाख क्षतिपूर्ति पाउँदै आएका थिए । अब ४ लाख थप गरी क्षतिपूर्तिबापत ७ लाख रुपैयाँ पाउने भएका हुन् । मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरेको छ । यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए।

‘राजपत्रमा सूचना प्रकाशित भएकै दिनदेखि यो निर्णय कार्यान्वयनमा जान्छ । त्यसपछि मृतकका परिवारले अहिले बोर्डबाट पाउने भन्दा ४ लाख बढी क्षतिपूर्ति बुझ्छन् । काफ्लेले भने । अब बीमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् ।

अघिल्लो वर्षको भदौ २३ गते संसदमा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति बापतको रकम ७ लाख रुपैयाँ बनाउने घोषणा गरेका थिए । तर, त्यसको झण्डै एक वर्षपछि मन्त्रिपरिषदले यो प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता