मोहम्मद इमरान खाँ/असार २८, कपिलबस्तु । कपिलबस्तुको तौलिहवामा लाखौ रुपैया खर्चेर निर्माण गरिएको तौलिहवा बसपार्क अहिले प्रयोगविहिन बनेको छ । 

क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद इमरान खाँ/असार २८, कपिलबस्तु । कपिलबस्तुको तौलिहवामा लाखौ रुपैया खर्चेर निर्माण गरिएको तौलिहवा बसपार्क अहिले प्रयोगविहिन बनेको छ । 

क"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवामा लाखौको लगानीमा निर्मित बसपार्क प्रयोगविहिन

२०७४, २८ असार बुधबार १०:०३


मोहम्मद इमरान खाँ/असार २८, कपिलबस्तु । कपिलबस्तुको तौलिहवामा लाखौ रुपैया खर्चेर निर्माण गरिएको तौलिहवा बसपार्क अहिले प्रयोगविहिन बनेको छ । 

कपिलस्तु नगरपालिकाले १२ कठ्ठा जमिनमा करीब ४२ लाख रुपैयाँ लगानी गरी निर्माण गरेको यो बसपार्क को अव्स्था दिनहु जिर्ण बन्दै गइरखेको छ । बस, जिपहरु पार्किग गर्दा पनि उतm बसपार्क पानिले जमा हुनाले पुर्ण प्रयोग विहिन बनेको छ । 

बसपार्कमा निर्माण गरिएका यात्रु प्रतिक्षालय, टिकट काउण्टरहरु प्रयोगमा नआउँदै टुटफुट हुनथालेका छन । करीब २ लाख रुपैया खर्चेर लगाईएका सवै फोकस लाईटहरु अहिले विग्रेर नष्ट भैसकेका छन ।

बस चालकहरुले सदरमुकाम तौलिहवाबाट चल्ने लामो तथा छोटा दुरीका बसहरु अव्यवस्थित रुपमा सडक किनारमै पार्किग गरेको राख्ने गरेका छन । बसपार्कमा बस नलगी यसरी सडक छेउमै पार्किग गरी राख्दा दिनहुजसो दुर्घटनाको थप जोखिम सृजना भैरहेको छ । 

यस तर्फ वस व्यवसायी समिति गैरजिम्मेवार बनेको छ । बस व्यवसायीहरुले सडक छेउमा गर्ने यस्ता अव्यवस्थित पार्किग प्रति भने स्थानीय प्रशासन , सरोकारवाला मेयर, उपमेयर तथा वडा अध्यक्षको दिनहु आँखा त परिरहेको छ तर यस तर्फ भने कुनै कारवाही भएको देखिदैन । नियमित रुपमा बस पार्कमा बस लैजान पटक पटक प्रयास गरे पनि बस व्यवसायीहरु त्यस बसपार्कमा खाल्टा खुल्टी तथा पानि जमने भएकोले बसपार्क पुर्ण रुपमा प्रयोगमा आउन नसकेको बस व्यवसायीहरुका भनाइ छ ।

बसपार्कको अभावलाई पुरा गर्न कपिलवस्तु नगरपालिकाले यति ठुलो लगानी गरी बसपार्क त निर्माण गरयो तर यसलाई प्रयोगमा ल्याउन नसक्नु स्थानीय प्रशासन तथा सरोकारवालाका ढिलासुस्ती भएको स्थानीय नगरवासी बताउनुहुन्छ । उता बस व्यवसायी समितिले भने बस पार्कमा शान्ति सुरक्षाको अभाव रहेको, आवश्यक न्युनतम पुर्वाधारहरु नै नभएको लभन्दै आफ्ना बसहरु सडक किनारमै पार्किग गरी यात्रुहरु पर्खेर बस्दै आएका छन । 

बस व्यवसायीहरु ले हाम्रा सम्पुर्ण बसहरु बसपार्क बाटै छुटछ तर बसपार्क को अवस्था दिनहु खतम हुदै गईरखेको छ । सर्बसाधारण यात्रु का अनुसार  बसपार्कका लागि यात्रु प्रतिक्षालय, टिकट काउण्टर, व्यवस्थित शौचालय लगायतका आवश्यक न्युनतम पुर्वाधारहरु निर्माण गरिसकेको भए पनि अहिले उतm बसपार्क प्रयोग बिहिन बनेको छ । 

प्रतिक्षालय, टिकट काउण्टर, व्यवस्थित शौचालय सबै ध्वस्थ भई खाल्टा खुल्टी भएर जुवारीहरु को जुवा खेल्ने ठाउँ तथा नसा गर्नेहरुको लागी अडडा भएको सर्बसाधारण यात्रुको भनाई रहेको छ । 

कपिलस्तु नगरपालिकाले १२ कठ्ठा जमिनमा करीब ४२ लाख रुपैयाँ लगानी गरी निर्माण गरेको तथा हाल गएर बसपार्कमा निर्माण गरिएका यात्रु प्रतिक्षालय, टिकट काउण्टरहरु प्रयोगमा नआउँदै टुटफुट हुनथालेका छन । करीब २ लाख रुपैया खर्चेर लगाईएका सवै फोकस लाईटहरु अहिले विग्रेर नष्ट भैसकेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ