प्रभात सुवेदी । असार २८, बर्दिया । 

गरेर भन्दा देखेर सिकौँ भन्ने उद्देश्यका साथ डिभिजन सहकारी कार्यालय बर्दियाले जिल्ला स्थित डिभिजन कार्यायलका कर्मचारीहरु, विभिन्न संघ, संस्था, सहकारीका पदाधिकारी तथा सेयर सदस्यहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २८, बर्दिया । 

गरेर भन्दा देखेर सिकौँ भन्ने उद्देश्यका साथ डिभिजन सहकारी कार्यालय बर्दियाले जिल्ला स्थित डिभिजन कार्यायलका कर्मचारीहरु, विभिन्न संघ, संस्था, सहकारीका पदाधिकारी तथा सेयर सदस्यहरुल"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गरेर भन्दा देखेर पनि सिकौँ

२८ असार २०७४, बुधबार १३:५७

प्रभात सुवेदी । असार २८, बर्दिया । 

गरेर भन्दा देखेर सिकौँ भन्ने उद्देश्यका साथ डिभिजन सहकारी कार्यालय बर्दियाले जिल्ला स्थित डिभिजन कार्यायलका कर्मचारीहरु, विभिन्न संघ, संस्था, सहकारीका पदाधिकारी तथा सेयर सदस्यहरुलाई अन्तर जिल्ला भम्रण कार्यक्रम सम्पन्न गराएको छ ।

२०१३ सालमा स्थापना गरिएको नेपालकै पुरानाे सहकारी संस्थाकाे अवलोकनपछि …

हरेक वर्षको स्वीकृत कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको डिभिजन सहकारी कार्यालयका कामु सहकारी अधिकृत कृष्ण प्रसाद भट्टराईले बताउनुभयो । वहाँले भन्नुभया, ‘असार २५ गतेदेखि ४ दिनका लागि आयोजना गरिएको भ्रमणमा बर्दिया जिल्लाका विभिन्न सहकारी संघहरु, संस्थाहरुका करिव ३ दर्जनको सहभागिता रहेकोमा  बर्दिया जिल्लाको सहकारी कसरी अगाडि बेढेका छन् र जिल्ला बाहिरका सहकारीहरु कुन कुन पक्षमा सबल र सक्षम छन् भनेर कपिलबस्तु, नवलपरासी र चितवन जिल्लाका विभिन्न सहकारीहरुको अवलोकन भ्रमणको आयोजना गरका हौं ।’ 

असार महिनामा नै भ्रमणको आयोजना गरिनुका सन्दर्भमा वहाँले भन्नुभयो, ‘यसको आयोजना अलि अगाडि नै गर्नुपर्ने हो तर निर्वाचनका कारणहरुले कोही सहकारी अभियान्ताहरु नै उम्मेदवार हुनुभएका र कर्मचारीहरु पनि निर्वाचनमा खटिनुपर्ने भएकोले अहिले आएर झरी बादल लागेको भएपनि पुगेर आउँ भनेर भनेर यो भ्रमणको आयोजना गरेका हौँ । त्यसमा पनि हामीले चितवनको शारदानगरमा रहेको वि.सं. २०१३ सालमा स्थापना भएको नेपालकै पहिलो सहकारी  ‘बखान वहुउद्देश्यीय सहकारी संस्था’ मा पुग्यौं । र, अर्को नेपालमा नै उत्कृष्ट ठहरिएको ‘विकू बचत तथा ऋण सहकारी संस्था’ को अवलोकन गरेर अन्र्तक्रिया समेत गर्ने अवसर प्राप्त गर्यौं त्यहाँबाट पनि धेरै कुराहरु सिक्ने अवसर पाइयो । यसैगरी नवलपरासीमा रहेको जिल्ला सकारी संघले चामल मिल तथा प्रशोधन गर्ने मिल हेर्यौं र यसका साथसाथै पुरातात्विक तथा धार्मिक महत्वका क्षेत्रहरु समेत अवलोकन गर्ने अवसर प्राप्त भयो । समग्रमा यो भ्रमण निकै नै फलदायी भएको मैले महशुस गरेको छु र सहभागीहरुको पनि यस्तै अनुभव रहेको पाएको छु सहकारी अधिकृत तथा कामु डिभिजन सहकारी प्रमुख कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।

श्री गजेन्द्र माेक्षधाम त्रिवेणीको अवलाेकनपछि …


अवलोकन भ्रमणबाट नयाँ ज्ञान र अनुभव सँगालेकोले अव यस्ता अनुभवहरुलाई आँफू आवद्ध सहकारी संस्थामा पनि अनुसरण गर्न पहल गर्ने कृषि सहकारी संस्थाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो । भ्रमणबाट जीवनमा सहकारी क्षेत्रमा लागेर पाउन नसकेको ज्ञान प्राप्त भएको र गर्न चाहेमा गर्न सकिने रहेछ भन्ने आँट र साहस प्राप्त भएको दिगोपन सामाजिक महिला उद्यमीका लक्ष्मी शर्माले बताउनुभयो ।

यसैगरी जमर्को कृषि सहकारी संस्था लिमिटेड बारबर्दियाका धन बहादुर चौधरीले भ्रमण साँच्चिकै भ्रमण मात्रै नभएर निकै फलदायी रहेको र सहकारीका नयाँ नयाँ तौर तरीकाहरुका बारेमा बुझ्ने र सिक्ने अवसर पाइएकोमा डिभिजन सहकारी कार्यालय बर्दियालाई धन्यवाद दिनुभयो । 


अन्तर्कियात्मक छलफलमा सहभागी हुँदै नेपालकै नमूना मानिएको

विकू बचत तथा ऋण सहकारी संस्थाको हलमा ..

केही सहकारीहरुको अवलोकन भ्रमणमा डिभिजन सहकारी कार्यालय परासीका प्रमुख बुद्ध प्रकाश पौडेल पनि बर्दियाको भ्रमण टोलिमा सहभागी हुन्भएको थियो । वहाँ यसअघि बर्दियामा नै डिसका का प्रमुखका रुपमा हुनुहुन्थ्यो । भ्रमणका दौरानमा विभिन्न उद्देश्यका आधा दर्जन सहकारीहरुको अवलोकन गर्नुका साथै नवलपरासी तथा लुम्बिनीमा रहेका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको अवलोकन समेत गरिएको थियो । 

भ्रमणका थप दृश्यहरु :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की