प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहर"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

रमाउँदै छौँ हामी आफ्नै बर्बादीमा

२९ असार २०७४, बिहीबार १३:०८

प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहरु भैरेहको आरोप लगाइएको छ ।


बर्दियाली साहित्य समाजले आयोजना गरेको २०४औं भानु जयन्तीको सन्दर्भमा आयोजित विशेष साहित्यिक कार्यक्रममा बोल्ने साहित्यिक व्यक्तित्वहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै साहित्यिक अद्येता तथा कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले पछिल्लो समयमा नेपाली धर्म, संस्कृतिमाथि नै आक्रमण भैरहेको र यसको लागि नेपाल नै छनोटमा परेको दावी गर्नुहुँदै यसको ज्वलन्त प्रमाण भनेको नै पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउनु रहेको हो भन्नुभयो । यस प्रकारका साहित्यिक कार्यक्रम भन्दा पनि आज हाम्रो समाजमा मासु र रक्सीमा विक्नेहरुको जमात बढीरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

धार्मिक तथा साहित्यिक व्यक्तित्व खेमराज गौतमले आध्यात्मिक ज्ञानविना भौतिक ज्ञानले परिपूर्णता प्राप्त गर्न नसक्ने भएकोले पछिल्लो समयमा नैतिकताको सवालमा हामी जहाँको त्यहीँ रहेको कुरा बताउनुभयो । बर्दियाली साहित्य समाजकी सदस्य धनसरा सुनारले भौतिकवादले आध्यात्मिक विद्यालाई धक्का पुगेको बताउनुभयो । जेष्ठ नागरिक समाजका नगर अध्यक्ष पुण्य  प्रसाद गौतमले अबका दिनमा ताली पड्काएर मात्रै केही नहुने र अझै पनि २०४ वर्ष अघिकै समस्या नेपाली समाजमा रहेको कुरा बताउनुहुँदै जातिय सङ्कट झन् विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै भानुभक्त आचार्यले भनेजस्तै भोलिवादले नेपाली समाजलाई गाँजेको तीतो यथार्थ सबैका सामुमा छर्लङ्ग रहेको कुरा बताउनुभयो । 


कार्यक्रममा बार्दली फाउण्डेसनकी सदस्य विपना योगी, साहित्यकारहरु पवित्रा महतरा, अन्जु स्मारिका, सुदन लम्साल, रमेशचन्द्र ज्ञवाली, भेषराज पौडेल, किशोरीलाल वैश्य लगायतले आ–आफ्ना साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो भने स्वागत मन्तव्य बर्दियाली साहित्य समाजका विष्णु प्रसाद मरासिनीले व्यक्त गर्नुभएको थियो ।

कविता वाचन गर्नुहँदै कवि भेषराज पौडेल …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता