प्रभात सुवेदी । असार २९, बर्दिया ।

युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २९, बर्दिया ।

युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जो"/>

2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीऊ पाउनुभो रोपेर हुर्काउनुहोला …

प्रभात सुवेदी । असार २९, बर्दिया ।

युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जोड दिइएको छ ।

जिल्ला युवा समितिको कार्यालय बर्दियाको आर्थिक सहयोग र भेरी प्राविधिक शिक्षालय बाँकेको समन्वयमा सपना व्युटि पार्लर बर्दियाको सहकार्यमा जिल्लाका १० जना महिला युवाहरुका लागि आयोजित ३ महिने व्युटि पार्लर तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष नीलकण्ठ रेग्मीले उक्त कुरा बताउनुभएको हो ।


वहाँले वर्तमान परिवेशमा दैनिक १५ सयको दरमा नेपाली युवाहरु विदेशिने गरेको जसमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र जम्मा २ प्रतिशत मात्रै दक्ष युवाहरु सिप सिकेर जाने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै यसले गर्दा मुलुकमा अनुत्पादक जनशक्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । धेरै प्रकारका तालिमहरुको माग आएकोमा महिला लक्षित तालिम सञ्चालन गर्नका लागि व्युटिसियन तालिमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा भेरी प्राविधिक शिक्षालयका सहायक प्रमुख पारस खड्काले तालिमपश्चात आफ्नो तालिमको योग्यतालाई सिप विकास केन्द्रबाट प्रमाणिकरणका लागि गरिने प्रकृयामा आवद्ध भएर आफ्नो सिपलाई अझ प्रगति उन्मुख गर्नका लागि जानकारी गराउनुभएको थियो ।


साथै सपना व्युटि पार्लरका प्रशिक्षक सपना कुँवरले आफूले धेरै चुनौतीहरुको सामना गर्दै यस क्षेत्रमा नै पहिलो पटक यस प्रकारको सेवा दिँदै आएको बताउनुहुँदै सिक्ने कुरा कहिल्यै पनि नसकिने भएकोले सिकेका कुराहरुलाई निरन्तरताका लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । 


प्रशिक्षार्थीहरुको तर्फबाट सुस्मिता उपाध्याय र प्रभा पौडेलले आफ्ना सिकाइ अनुभवहरु राख्नुभएको थियो । 

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई